२०८२ कार्तिक २३
November 9, 2025, Sunday

राधी विद्युत कम्पनीले १४७.५२ % हकप्रद घोषणा गरेको दिन कुन ब्रोकरबाट सर्वाधिक खरिदबिक्री ?

राधी विद्युत कम्पनीले १४७.५२ % हकप्रद घोषणा गरेको दिन कुन ब्रोकरबाट सर्वाधिक खरिदबिक्री ?

१८ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमान्डौ ।  राधी विधुत कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने जानकारी दिएको दिनको फ्लोरसिट हेर्दा बिक्री गर्ने ब्रोकर  नै आक्रामक भएको देखिन्छ। राधीको बजार मूल्यमा माथिल्लो सर्किट लाग्दै ९ दशमलव ९८ प्रतिशत बजार मूल्य वृद्धि भएको छ। कम्पनीको बजार मूल्य ११४ रुपैयाँले वृद्धि हुँदै १२५६ मा बजार मूल्य बन्द भएको हो। कारोवार सुरु हुँदा खरिदकर्ता मात्र देखिएकोमा विस्तारै बिक्रीकर्तापनि आजको राधीको कारोवार देख्न सकिन्थ्यो। राधीको आज सर्वाधिक कारोवार ९१ करोड ८ लाख भएको थियो ।

जेष्ठ १७ गतेको फ्लोरसिट हेर्दा ५७ नम्बर ब्रोकरबाट सर्वाधिक शेयर खरिद भएको छ। ब्रोकर नम्बर ५७ बाट ५ करोड ९१ लाख बराबरको शेयर खरिद भएको छ भने दोश्रोमा ३९ नम्बर ब्रोकरबाट ४ करोड ३५ लाख बराबरको शेयर खरिद भएको छ ।  त्यस्तै बिक्री तर्फ २० नम्बर ब्रोकरबाट १९ करोड ९२ लाख बराबरको शेयर बिक्री भएको छ भने ४३ नम्बर ब्रोकर बाट १९ करोड ६८ लाख बराबरको शेयर बिक्री भएको छ । त्यस्तै ५८ नम्बर ब्रोकरबाट १६ करोड ६१ लाख बराबरको शेयर बिक्री भएको छ ।

दिन भरमा राधीको ९१ करोड बराबरको शेयर कारोवार भएकोमा ५७ नम्बर ब्रोकरबाट  ६ दशमलव ४९ प्रतिशत शेयर खरिद भएकोमा ३९ नम्बर ब्रोकरबाट ४ दशमलव ७८ प्रतिशत बराबरको शेयर खरिद भएको छ ।

त्यस्तै बिक्री तर्फ आजको कारोवार रकमको २१ दशमलव ८८ प्रतिशत बिक्री ब्रोकर नम्बर २० बाट  भएको  छ भने ४३ नम्बर ब्रोकरबाट २१ दशमवल ६२ प्रतिशत बिर्की र ५८ नम्बर ब्रोकरबाट १८ दशमलव २४ प्रतिशत बिक्री भएको छ।

राधी विधुत कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको ३६ दशमलव ५ प्रतिशत बोनश शेयरपछि कायम चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाको १४७ दशमलव ५२ प्रतिशतले हुन आउने १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने भएको हो ।

कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठक यस्तो निर्णय गरेको हो । कम्पनीले हकप्रद शेयरको प्रस्ताव पनि आगामी साधारण सभाबाट पारित गराउने निर्णय गरेको छ । कोभिडका कारण ढिलाई भएको कम्पनीको १५ औं वार्षिक साधारण सभा यथासिघ्र सम्पन्न गर्नेसमेत कम्पनीले जानकारी दिएको छ ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ जेष्ठ १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ जेष्ठ १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ जेष्ठ १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP