१७ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ भुम्लु काभ्रे – युवा नेता एवं समाजसेवी प्रेम लामाद्वारा भुम्लु गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । कोरोना भाइरस (कोभिड -१९) को जोखिमलाई मध्यनजर गरि संभाव्यता जोखिम न्यूनीकरणको लागि सहज होस भन्ने उदेश्यका साथ पालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जिल्ला समन्वय समिति काभ्रेका प्रवक्ता समेत रहेका लामाले बताउनुभयो । उक्त स्वास्थ्य सामाग्री गाउँपालिकाका अध्यक्ष गुमान ध्वज कुवरलाई हस्तान्तरण गर्नु भएको थियो । उहाँले अक्सिमिटर थर्मल गन, हर्लिक्स माक्स सेनिटाइजर, भिटामिन सि सिटामोल, साबुन लगायतको सामाग्री हस्तान्तरण गर्नुभएको थियो भने पालिका अध्यक्ष कुवरले उक्त सामाग्रीहरु सम्पुर्ण भुम्लुवासी जनताहरुलाई उपलब्ध गराउनु भएको छ । लामाले भुम्लुको जनताहरुको दुख सुखमा सधैंभरि महान जनताहरुको माझ रहने नागरिकहरुको दुख सुखमा सग सगै हातेमालो गर्ने बताउनु भयो । उहाँले अघिल्लो लकडाउन भएको बेला कोसीपारी भुम्लुको नागरिकहरुलाई नि:शुल्क बससेवा उपलब्ध गराउनु भएको थियोे । 
भुम्लु गाउँपालिकाका अध्यक्ष गुमान ध्वज कुवरले भुम्लुको जनताहरुको दुखमा यो महामारी बेला स्वास्थ्य सामाग्री सहयोग गरि अमुल्य सहयोग गरेर जनताको घाउमा मलमपटी लगाएको भन्दै भुम्लुको जनताको तर्फबाट बिशेष धन्यवाद ज्ञापन गर्नु भएको छ । 
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...