२०८३ बैशाख ५
April 18, 2026, Saturday

१४ औ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज मनाइँदै

१४ औ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज मनाइँदै

१५ जेष्ठ २०७८, कोशीपारी अनलाइन/ काठमाडौ – आज १४ औ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ ।

आज आरोहणको आधारमा ६८ औं सगरमाथा दिवस तथा १४ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस हो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ६८ वर्ष पूरा भएको छ ।

सन् १९ सय ५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । नेपालमा भने विक्रम संवत् २ हजार ६४ सालदेखि सगरमाथा दिवस मनाउन थालिएको हो ।

यस वर्ष कोरोना महामारीकै बीचमा पनि सगरमाथा आरोहण भइरहेको छ ।

सगरमाथा आरोहणको ६८ वर्षे इतिहासमा झण्डै सात हजारले सगरमाथा शिखरमा पुगिसकेका पर्यटन विभागको तथ्यांकमा उल्लेख छ । सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP