२०८२ कार्तिक २१
November 7, 2025, Friday

आज आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरिँदै

आज आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरिँदै

१५ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ काभ्रे – आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै छन् ।

संसद् (प्रतिनिधिसभा) विघटनपछि राजनैतिक रुपमा उत्पन्न जटिल परिस्थितिबीच सरकारले १६ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गर्दै छ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अर्थमन्त्री पौडेलले बजेट पस्तुत गर्ने छन् ।

कोरोना महामारीले मुलुक थिलथिलो बनाएका बेला बजेट सार्वजनिक हुन लागेको छ । कम्तीमा १५ दिनअघि प्रि बजेट छलफल हुनै पर्ने संवैधानिक व्यवस्था थियो । तर संसद् विघटनका कारण सम्भव नभएपछि राष्ट्रपतिले ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्नुपर्ने प्रावधानलाई नाघेर बजेट ल्याउन लागिएको हो ।

संसद् विघटनका कारण प्रि बजेट छलफल बिनै अध्यादेशमार्फत नयाँ बजेट ल्याउन लागिएको छ । जटिल अवस्थाकै कारण बजेट भाषणभन्दा एक महिनाअघि ‘नीति तथा कार्यक्रम’ राष्ट्रपतिबाट प्रस्तुत गर्ने प्रचलनसमेत तोडिएको छ । यसअघि, नीति तथा कार्यक्रममा टेकेर बजेट निर्माण हुने गरेको थियो ।

संविधानको धारा ११९ को उपधारा (३) अनुसार सरकारले हरेक वर्ष १५ जेठमा बजेट सार्वजनिक गर्नुपर्छ । सोही संवैधानिक प्रावधानअनुसार सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।

सामाजिक सुरक्षा भत्ता र श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि तथा राष्ट्रसेवक कर्मचारीको तलब केही बढाइने विषयलाई बजेटले सम्बोधन गर्ने छ । विशेषगरी कोरोना रोकथाम र आर्थिक पुनरुत्थानसहितको पूर्ण बजेट आउने सरोकारवालाको अनुमान छ ।

यसपटक निजी क्षेत्र एवं व्यवसायीलाई चिढ्याउनेगरी कर नीति तयार नगरिएको अर्थ मन्त्रालय स्रोतले बतायो । कर दायरा बढाउन प्रयास भने गरिएको छ ।

विभिन्न समस्याका कारण संसद्मा बजेट प्रस्तुत गर्न नपाउने थोरै अर्थमन्त्रीको सूचीमा पौडेल पनि परेका छन् । जटिल अवस्थाबीच बजेट प्रस्तुत गर्ने पूर्वअर्थमन्त्रीमा डा. रामशरण महत, सुरेन्द्र पाण्डे, भरतमहोन अधिकारी, वर्षमान पुन र महेश आचर्य थिए । २०४६ सालपछिको तीन दशकको संसदीय इतिहासमा विभिन्न पटकगरी करिब नौ भन्दाबढी बजेट अध्यादेशमार्फत प्रस्तुत भइसकेका छन् ।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP