२०८३ बैशाख ४
April 17, 2026, Friday

बार्सिलोनाले सम्झौताको नयाँ प्रस्ताव गरे मेस्सीलाई

बार्सिलोनाले सम्झौताको नयाँ प्रस्ताव गरे मेस्सीलाई

१५ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ एजेन्सी – बार्सिलोनाले सुपर स्टार लिओन मेस्सीलाई सम्झौताको नयाँ प्रस्ताव गरेको छ । मेस्सीको अहिलेको सम्झौता जुन ३० मा सकिंदैछ । क्लबका अध्यक्ष जोन लापोर्टाको टोलीले मेस्सीको सम्झौताको अन्त्यसम्म प्रतिक्षा नगरि नयाँ सम्झौताको प्रस्ताव अघि सारेको छ । तर मेस्सीले भने क्लबको सन् २०२१/२२ को योजना नहेरी नयाँ प्रस्तावका बारेमा प्रतिक्रिया नजाउने बताइएको छ । मेस्सी अहिले अर्जेन्टिनाले भाग लिने कोपा अमेरिकाको तयारीमा जुटेका छन् । ३३ वर्षे सुपर स्टार देशका लागि पहिलो महत्वपूर्ण उपाधि दिलाउने योजनामा रहेका छन् । मेस्सीले पटक पटक बार्सिलोनाले उपाधि जित्नका लागि नयाँ योजनाको आकर्षक प्रस्ताव ल्याएको खण्डमा विचार गर्न सकिने बताउँदै आएका छन् । उनले आर्थिक विषय भने दोस्रो प्राथमिकतामा रहेको उल्लेख गर्दै आएका छन् । लापोर्टा भने क्लबको आर्थिक अवस्थाका बारेमा बुझ्न चाहिरहेका छन् । त्यसका लागि अझै केहि साता कुर्नुपर्ने हुन्छ । त्यसका वावजुद पनि टोलीले मेस्सी सामूह प्रस्ताव अघि सारेको हो । शुक्रबार लापोर्टाले पत्रकार सम्मेलनमार्फत मेस्सीका बारेमा थप प्रकाश पार्ने अपेक्षा गरिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP