१५ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ एजेन्सी – बार्सिलोनाले सुपर स्टार लिओन मेस्सीलाई सम्झौताको नयाँ प्रस्ताव गरेको छ । मेस्सीको अहिलेको सम्झौता जुन ३० मा सकिंदैछ । क्लबका अध्यक्ष जोन लापोर्टाको टोलीले मेस्सीको सम्झौताको अन्त्यसम्म प्रतिक्षा नगरि नयाँ सम्झौताको प्रस्ताव अघि सारेको छ । तर मेस्सीले भने क्लबको सन् २०२१/२२ को योजना नहेरी नयाँ प्रस्तावका बारेमा प्रतिक्रिया नजाउने बताइएको छ । मेस्सी अहिले अर्जेन्टिनाले भाग लिने कोपा अमेरिकाको तयारीमा जुटेका छन् । ३३ वर्षे सुपर स्टार देशका लागि पहिलो महत्वपूर्ण उपाधि दिलाउने योजनामा रहेका छन् । मेस्सीले पटक पटक बार्सिलोनाले उपाधि जित्नका लागि नयाँ योजनाको आकर्षक प्रस्ताव ल्याएको खण्डमा विचार गर्न सकिने बताउँदै आएका छन् । उनले आर्थिक विषय भने दोस्रो प्राथमिकतामा रहेको उल्लेख गर्दै आएका छन् । लापोर्टा भने क्लबको आर्थिक अवस्थाका बारेमा बुझ्न चाहिरहेका छन् । त्यसका लागि अझै केहि साता कुर्नुपर्ने हुन्छ । त्यसका वावजुद पनि टोलीले मेस्सी सामूह प्रस्ताव अघि सारेको हो । शुक्रबार लापोर्टाले पत्रकार सम्मेलनमार्फत मेस्सीका बारेमा थप प्रकाश पार्ने अपेक्षा गरिएको छ ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...