१० जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काभ्रे – भनिन्छ नि “प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हातहरु धेरै महान हुन्छन्।” यो समयमा कोरोना भाईरस कोभिड -१९ को महामारी ले गर्दा हरेक नेपालीको जीवन कष्टकर भैरहेको अवस्थामा नेपाली काङ्ग्रेसका युवा नेता दावा लामाले भुम्लुगाउँपालिकाका बेखसिम्ले र सिम्थलीका तीन सय ५० अति विपन्न परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
आईतबार नेपाल तरुण दल काभ्रेका सभापती समेत रहेका लामाले गाउँपालिकाका बेखसिम्ले ३ र सिम्थली २ का अति विपन्न तीन सय ५० परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको हो । यस्तै, उनले खाद्यान्न मात्र नभएर कोरोना भाईरस नियन्त्रणमा केही सहज होस् भन्ने भावनाले माक्स, सेनिटाइजर लगायत आवश्यक औषधी पनि वितरण गरेका थिए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्ट नेपालमा पनि फैलिएकाले मुलुकमा गत बैशाख १६ गतेबाट काठमाडौं उपत्यका सहित देशका विभिन्न सरहरमा निषेधाज्ञा भएपछि सहरमा आएर केही कमाएर गाउँमा गुजारा चलाउनेहरुलाई अहिले एकदम संकट परेको छ । निषेधाज्ञाले गर्दा घरमा चामल सकिएर बिहान बेलुकाको छाक टार्न समस्या भइरहेका बेला समाजसेवी लामाले खाद्यान्न बितरण गर्दा गाउँलेहरुमा खुसी छाएको उनको भनाइ छ । मुलुकमा अप्ठेरो परेको अवस्था तथा संकटका बेला जहिले पनि उनले राहत बितरण गर्दै आइरहेको र भविष्यमा पनि गरिरहने बताए ।
उक्त कार्यका लागि भुम्लु १० का तिर्थ लामा ५० हजार, भुम्लु ५ सल्लेका पन्चमान लामा १० हजार, भुम्लु २ का जिबन खड्का १० हजार, भुम्लु ४ का सुजन लामा १० हजार, भुम्लु ८ का सुनिल लामा १० हजार र भुम्लु १० कि बहिनी सदिक्षा लामा ५ हजार सहयोग गरेको उल्लेख गदैं समाजसेवी लामाले सहयोगी हातहरुप्रति विशेष धन्यवादका साथै उपस्थित भै सहयोग गरेका सम्पूर्णमा विशेष आभार समेत व्यक्त गरेका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...