२०८३ बैशाख ५
April 18, 2026, Saturday

चौतारा साँगाचोकगढीकी एक महिलाको मृत्यु, स्वाब लिएको तीन दिन सम्म आएन रिपोर्ट

चौतारा साँगाचोकगढीकी   एक महिलाको मृत्यु,    स्वाब लिएको तीन दिन सम्म आएन रिपोर्ट

९ जेष्ठ २०७८, निर्मला तामाङ कोशीपारी अनलाइन संवाददाता/ चौतारा – सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १३ की एक महिलाको मृत्यु भएको छ । घरमै रहेकी ठूलो सिरुवारीकी ४२ वर्षकी महिलाको घरमै मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । उनको पीसीआर परीक्षण गर्नका लागि जेठ ७ गते स्वाब संकलन गरेर पठाइएको थियो । तर आज सम्म उनको रिपोर्ट आएको छैन् । प्राप्त जानकारी अनुुुसार रिपोर्ट आएपछि मात्रै उनको शवको व्यवस्थापन गरिने स्रोतले बताएको छ ।

यसैगरी हिजो एक कोरोना संक्रमित पुरुषको चौतारा अस्पतालमा मृत्यु भएको थियो । भोटेकासी २ का ७० वर्षका ती पुरुषको हिजो मृत्यु भएको थियो । उनको शव अझै चौतारा अस्पतालमै रहेको छ । आज चौतारामै शव व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP