२०८३ बैशाख ५
April 18, 2026, Saturday

प्रभु इन्स्योरेन्समा लगानी गर्ने शेयर होल्डरहरुले गर्व गर्नुपर्छ: अध्यक्ष लामा

प्रभु इन्स्योरेन्समा लगानी गर्ने शेयर होल्डरहरुले गर्व गर्नुपर्छ: अध्यक्ष लामा

७ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं – प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामाले उक्त कम्पनीका सबै शेयर होल्डरहरुलाई कम्पनीमा लगानी गरेकोमा गर्व गर्न आग्रह गरेकी छिन् ।

आज आयोजित २५ औं साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष लामाले भनिन ‘अरु कम्पनीहरुले दिने प्रतिफल तुलना गरेर हेर्नुहोला, तपाईहरुले प्रतिफल दिएको आधारमा गर्व गर्नुपर्छ ।’

उनले बर्षैपिच्छे प्रतिफल दिने कम्पनीको सूचिमा प्रभु इन्स्योरेन्स रहेको बताउँदै साधारणसभामा भनिन्, ‘प्रभु  इन्स्योरेन्स कम्पनीले बार्षिक रुपमा लाभांश दिँदै आएको छ । अरु कम्पनीहरुले कैयौं वर्षसम्म लाभांश नदिएर अहिले एकै पटक लाभांश दिए पनि बार्षिक रुपमा नियमित प्रतिफल दिइरहने कम्पनीको रुपमा प्रभु इन्स्योरेन्स नै हो ।’ त्यसैले लगानीकर्ताहरुलाई प्रभु इन्स्योरेन्स कम्पनीमा लगानी गरेकोमा गर्व गर्न आग्रह गरेकी छिन् ।

प्रभु इन्स्योरेन्सले दावी भुक्तानीमा सबैभन्दा उत्कृष्ट कम्पनी भएको दावी गरेकी छिन् । अध्यक्ष लामाले आगामी वर्षहरुमा पनि डबल डिजिटमा प्रतिफल दिन कम्पनी प्रतिबद्ध रहेको बताउँदै सबैको सामूहिक प्रयास हुन सकेमा २० प्रतिशतसम्म प्रतिफल दिन सकिने धारणा राखेकी छिन् । साथै उनले कर्मचारी सञ्चय कोषलाई व्यवसायमा सहयोग गर्न समेत अपिल गरेकी छिन् ।

साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष लामाले बीमा व्यवसाय पुर्ण रुपमा डिजिटलाइज गर्दै अनलाईनबाटै सबै प्रक्रिया पूरा गर्ने गरी गृहकार्य भइरहेको बताईन् ।

साधारणसभामा सिईओ संचित बज्राचार्यले कम्पनीलाई आगामी दिनमा अझै प्रतिफल दिने गरी कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP