२०८३ बैशाख ५
April 18, 2026, Saturday

राजिनामा शब्द नलेखेर राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीद्वारा बुझाए राजिनामा पत्र

राजिनामा शब्द नलेखेर राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीद्वारा बुझाए  राजिनामा पत्र

६ जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति राजिनामा शब्द कही कतै उल्लेख नगरी राजिनामा बुझाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पत्र बुझेपछि राष्ट्रपति कार्यालयले बक्तव्य निकालेर पुनः प्रधानमन्त्री नियुक्तीका लागि शुक्रबार साँझ ५ः०० बजेसम्मको समय तोकेर आह्वान गरेकी छिन् ।

आज साँझ राष्ट्रपति कार्यालयबाट जारी सूचना अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसक्ने भन्दै आफ्नो मौजुदा मन्त्रिपरिषद अघि बढ्न नसक्ने भएकोले नयाँ प्रक्रियामार्फत प्रधानमन्त्री चयन गर्ने प्रक्रिया अघि बढाउन राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोही सिफारिसका आधारमा केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य समाप्त भएको भन्दै शुक्रबार साँझ ५ः०० बजेभित्र धारा २ बमोजिमको नयाँ सरकार गठनको लागि आह्वान गरेकी छिन् । यसअघि ७२ घण्टाको समय दिइएकोमा यस पटक भने जम्मा २१ घण्टाको समय दिएर नयाँ सरकार गठनको लागि आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति कार्यालयमा बुझाएको पत्र अघोषित राजिनामा भएको अधिवक्ता विष्णु प्रसाद बास्तोलाले बीमा पोष्टलाई जानकारी दिए । उनले भने, ‘नेपालको संविधानको धारा ४ मा धारा ३ बमोजिम गठन भएको सरकारले ३० दिनभित्रमा विश्वासका मत लिनुपर्ने भन्ने व्यवस्था गरेको छ, सो बमोजिम विश्वासको मत लिन म असमर्थ छु भनेर प्रधानमन्त्री भन्न पाउँछ । प्रधानमन्त्रीको आजको सिफारिस अनुसार उनले पदबाट राजिनामा गरेका हुन् भनेर बुझ्न सकिन्छ ।’

केपी ओली नेतृत्वका सरकारका ७ जना मन्त्रीलाई आजै सर्वोच्च अदालतले बर्खास्त गरी दिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष विश्वासको मत लिन सक्ने अवस्था नभएको राजनीतिक अवस्था झनै प्रतिकूल भएकोले आफूले बहुमत पुर्याउन सक्ने अवस्था नरहेको जानकारी गराएकोले नयाँ प्रक्रिया सुरु गर्नु राष्ट्रपति भण्डारीको संवैधानिक बाध्यता रहेको समेत अधिवक्ता बास्तोलाले बताए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP