एजेन्सी – अर्जेन्टिना तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो क्याटलान क्लब बार्सिलोना जाने भएका छन् । बार्सिलोनाले फ्रि ट्रान्सफरमा ३२ वर्षीय अगुइरोलाई अनुबन्ध गर्न नजिक पुगेको हो । सिटीका सर्वाधिक गोलकर्ता (२५८) रहेका अगुएरोले गत मार्चमा नै इतिहाद स्टेडियम छाड्ने घोषणा गरेको थिए । उनको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । वेटेभेका अनुसार अगुएरोले ला लिगा जाइन्ट बार्सिलोनासँग २ वर्षको सम्झौता गरेका छन् । उनी बार्सिलोना आएसँगै अर्जेन्टिनाका दुई अन्तर्राष्ट्रिय फरवार्ड अगुएरो र कप्तान लियोनेल मेस्सी क्लब फुटबलमा एक साथ देखिने सम्भावना छ । रिपोर्ट अनुसार यि फरवार्डले बार्सिलोना आउन आफ्नो पारिश्रमिक घटाएका थिए ।
अगुएरोले सिटीमा वार्षिक १२ मिलियन पाउन्ड पारिश्रमिक लिदै आएपनि बार्सिलोनामा भएको नयाँ सम्झौता अनुसार उनले वार्षिक ५ मिलियन पाउन्ड पाउनेछन् । ला लिगामा अगुएरोको यो दोस्रो सिजन हुनेछ । यसअघि अगुइरो २०११ मा एट्लेटिको म्याड्रिड छाडेर सिटी पुगेका थिए । अगुएरोले सन २००६–०७ को सिजनमा अर्जेन्टिनी क्लब एट्लेटिको इन्डिपेन्डेन्टीबाट एट्लेटिको म्याड्रिड पुगेका थिए । एट्लेटिकोमा पाँच सिजन बिताएका अगुएरोले २३४ खेलमा १०२ गोल गरेका थिए । त्यसपछि म्यानचेस्टर सिटी पुगेका अगुएरोले १० सिजनमा ३८८ खेलमा २५८ गोल गरेका छन् ।अगुएरोको आगमनसँगै बार्सिलोनाले आफ्नो टोलीका कप्तान मेस्सीले पनि बार्सिलोनामा सम्झौता नविकरण गर्ने आशा राखेका छन् । मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...