२०८३ बैशाख ८
April 21, 2026, Tuesday

नेपालमा थपिए ८१७३ जना कोरोना संक्रमित, ७९८९ जना संक्रमण मुक्त

नेपालमा थपिए ८१७३  जना कोरोना संक्रमित, ७९८९ जना संक्रमण मुक्त

०५ जेष्ठ २०७८, कोशीपारी अनलाइन सम्बाददाता / काठमाडौ नेपालमा पछिल्लो २४ घण्टामा थप ८१७३  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमार्फत यसबारे जानकारी दिएका हुन्।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ६४ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै १०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। 

मन्त्रालयका अनुसार ७ हजार ९ सय ८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। त्यस्तै यस अवधिमा २४६ जनाको मृत्यु पुष्टि भएको उनले बताए। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २४८६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार थप २४८६ जनामा संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १९८८, ललितपुरका २७० र भक्तपुरका २२८ जना छन्।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP