२०८२ कार्तिक २१
November 7, 2025, Friday

नेपालमा थपिए ८१७३ जना कोरोना संक्रमित, ७९८९ जना संक्रमण मुक्त

नेपालमा थपिए ८१७३  जना कोरोना संक्रमित, ७९८९ जना संक्रमण मुक्त

०५ जेष्ठ २०७८, कोशीपारी अनलाइन सम्बाददाता / काठमाडौ नेपालमा पछिल्लो २४ घण्टामा थप ८१७३  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमार्फत यसबारे जानकारी दिएका हुन्।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ६४ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै १०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। 

मन्त्रालयका अनुसार ७ हजार ९ सय ८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। त्यस्तै यस अवधिमा २४६ जनाको मृत्यु पुष्टि भएको उनले बताए। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २४८६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार थप २४८६ जनामा संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १९८८, ललितपुरका २७० र भक्तपुरका २२८ जना छन्।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP