०४ जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडौं – मंगलबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ५९ अंकले बढेसँगै सेयर कारोबार मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि पुगेको छ, जुन हालसम्मकै उच्च हो ।
बजारमा उल्लास देखिएको भन्दै सेयर लगानीकर्ताहरुले खुसी व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले सेयर बजारमा हालसम्मकै उच्च कारोबार हुनु सबैका लागि खुसीको कुरा भएको बताएका छन् । मंगबालर १ करोड १५ लाख ९ सय ६१ कारोबार हुँदा २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् । किनबेच सेयर संख्या पनि हालसम्मकै नयाँ रेकर्ड हो ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...