२०८२ कार्तिक २८
November 14, 2025, Friday

सर्वोच्चले सुरुवात गर्यो अनलाइनबाट भर्चुअल सुनुवाइ

सर्वोच्चले सुरुवात गर्यो अनलाइनबाट भर्चुअल सुनुवाइ

०४ जेठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौँ — सर्वोच्च अदालतले मंगलबारदेखि अनलाइनबाट भर्चुअल सुनुवाइको सुरुवात गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले भर्चुअल सुनुवाइ थालेको हो । सिन्हाको एकल इजलासमा मंगलबार ६ वटा बन्दीप्रत्यक्षीकरणको निवेदन पेशीमा परेका थिए ।

सिन्हाको इजलासमा रहेका ६ वटै मुद्दाका कानुन व्यवसायीहरुले अनलाइनबाट बहस गरेका थिए । सर्वोच्चले यसरी भर्चुअल सुनुवाई गर्दा कानुन व्यवसायीहरुलाई कार्यालय(ल फर्म) वा घरबाट मुद्दाको बहस गर्ने सुविधा दिएको छ ।

सुनुवाइ गर्ने न्यायाधीश भने सर्वोच्च अदालतको इजलासमा नै उपस्थित हुन्छन् । प्रारम्भिक सुरु भएका भर्चुअल सुनुवाइ गर्ने इजलासहरुमा कानुन व्यवसायीहरुलाई भौतिक रुपमा उपस्थित हुने अनुमति छैन । तर सर्वोच्च अदालतमा उपस्थित हुन चाहेमा सञ्चार कक्षमा बसेर नै भर्चुअल बहसमा सहभागी हुनसक्ने सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए ।

न्यायाधीश सिन्हाको इजलासमा भएका ६ वटा निवेदनहरुमाथिकै सुनुवाइ अनलाइनबाट भएको हो । सुरुवातमा एउटा इजलासबाट भर्चुअल बहसको सुरुवात भएको र यसलाई सरोकारवालाहरुसँगको समन्वयमा अरु इजलासमा पनि विस्तार गरिने सर्वोच्च अदालतले जनाएको छ ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०७८ जेष्ठ ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७८ जेष्ठ ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७८ जेष्ठ ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP