२०८३ बैशाख १७
April 30, 2026, Thursday

५३%ले बढ्यो जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन , ९ महिनामा ११ अर्बमाथि खर्चिए

५३%ले बढ्यो जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन , ९ महिनामा ११ अर्बमाथि खर्चिए

०३ जेठ २०७८, कोशीपारी अनलाइन /काठमाडौं – जीवन बीमा कम्पनीका अभिकर्ताहरुले तेस्रो त्रैमासको अन्त्यसम्ममा  ११ अर्ब १४ करोड रुपैयाँ कमिशन प्राप्त गरेका छन् ।  कम्पनीहरुले गत बर्षको सोहि अवधिमा ७ अर्ब २६ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशन प्राप्त गरेका थिए ।  गत बर्षको तुलनामा कम्पनीले बीमा अभिकर्ताहरुलाई दिने अभिकर्ता कमिशन ५३ दशमलव ३ प्रतिशतले बढेको हो ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा सबैभन्दा धेरै कमिशन भुक्तानी गर्ने संस्थामा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले चैत मसान्तसम्ममा दुई अर्ब ८४ करोड रुपैयाँ अभिकर्ता कमिशन खर्चिएको छ । कम्पनीले गत बर्षको तुलनामा सोही अवधिमा दुई अर्ब १८ करोड रुपैयाँ कमिशन खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको अभिकर्ता कमिशन ३० दशमलव ६ प्रतिशत बढेको हो ।

दोस्रोमा लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपालले चैत मसान्तसम्ममा १ अर्ब ४० करोड रुपैयाँ कमिशन बीमा अभिकर्ताका लागि खर्चिएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ बीमा अभिकर्ताहरुको कमिशनमा खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको बीमा अभिकर्ता कमिशन २८ दशमलव ५ प्रतिशतले बढी हो ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको अभिकर्ता कमिशन ६५ प्रतिशतले बढेर ९७ करोड ३० लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८७ करोड रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको थियो।

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार युनियन लाइफले तेस्रो त्रैमाससम्मा ९६ करोड ४९ लाख रुपैयाँ, एशियन लाइफले ५६ करोड ३१ लाख रुपैयाँ, सिटिजन लाइफले ४५ करोड ७४ लाख रुपैयाँ, गुराँस लाइफले ४५ करोड ३ लाख रुपैयाँ, मेट लाइफले ४० करोड १ लाख रुपैयाँ, सूर्या लाइफले ३६ करोड २५ लाख रुपैयाँ आइएमई लाइफले ३५ करोड १७ लाख रुपैयाँ, प्राइम लाइफले ३४ करोड ८५ लाख रुपैयाँ र ज्योति लाइफले ३४ करोड ५ लाख रुपैयाँ बीमा अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

त्यस्तै, रिलायबल नेपाल लाइफले ३३ करोड १० लाख रुपैयाँ, रिलायन्स लाइफले ३० करोड २४ लाख रुपैयाँ, सन नेपाल लाइफले २५ करोड ५६ लाख रुपैयाँ, सानिमा लाइफले २५ करोड १३ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले २० करोड ८५ लाख रुपैयाँ, प्रभु लाइफले १७ करोड १५ लाख रुपैयाँ र महालक्ष्मी लाइफले १५ करोड ३९ लाख रुपैयाँ अभिकर्ता कमीसनमा खर्चिएका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP