२०८३ बैशाख ५
April 18, 2026, Saturday
जिल्ला प्रशासन कार्यालय, काभ्रेले निषेधाज्ञाको समय अवधि आजबाट एक हप्ताको लागि बढाएको छ

काभ्रेमा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु, ५३ जना संक्रमण मुक्त, संक्रमण दर उच्च

काभ्रेमा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु, ५३ जना संक्रमण मुक्त, संक्रमण  दर उच्च

०२ जेठ २०७८, कोशीपारी अनलाइन /काभ्रे जिल्लामा आज आईतवार थप १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् भने ५३ जना संक्रमणबाट मुक्त भएको र पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको जानकारी जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले दिनुभएको छ ।

स्वास्थ्य प्रमुख डा. झाका अनुसार थपिएका संक्रमितहरुमा चौंरीदेउराली गाउँपालिकामा २ पुरुष, बनेपा नगरपालिकामा ९ महिला, ९ पुरुष, धुलिखेल नगरपालिकामा ११ महिला, १३ पुरुष, नमोबुद्ध नगरपालिकामा ३ पुरुष, पाँचखाल नगरपालिकमा १ महिला, ५ पुरुष, तेमाल गाउँपालिकामा ३ पुरुष, पनौती नगरपालिकामा ६१ महिला ७६ पुरुष, भुम्लु गाउँपालिकामा १ पुरुष र रोशी गाउँपालिकामा १ महिला २ पुरुष रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ५७१८ पुगेको छ । सक्रिय संक्रमित संख्या ८८१ महिला र १०७३ पुरुष गरी १९५४ पुगेको छ । अस्पताल आइसोलेसनमा ९९ जना र होम आईसोलेसनमा १८५५ जना रहेका छन् । यसैगरी मृत्यु हुनेहरुमा नमोबुद्ध नगरपालिकाका ७० वर्षिय पुरुष, मण्डनदेउपुर नगरपालिकाका ६६ वर्षिय पुरुष, सर्लाहीका ५५ वर्षिय महिला, धनकुटाका ५२ वर्षिय पुरुष, बनेपाका ८३ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए । यो सङ्गै काभ्रेमा मृत्यु हुनेहरुको संख्या ११८ पुगेको छ । उनीहरु मध्य ८० जना काभ्रेका रहेका छन् भने ३८ जना अन्य जिल्लाका रहेका छन् । यसरी संक्रमण दर उच्च भएपछि जिल्ला प्रशासन कार्यालय, काभ्रेले निषेधाज्ञाको समय अवधि आजबाट एक हप्ताको लागि बढाएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ २

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ २

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ २

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP