३१ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सदस्यलाई कोभिडसिल्ड खोप लगाउन शुरु गरिएको छ। शुक्रबारदेखि शुरु भएको खोप अभियान अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो डोज लगाएका छन्।
संघीय संसद सचिवालयले सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेका संघीय संसदका सभामुख, अध्यक्षसहितलाई खोप लगाइने जनाएको हो।
आजदेखि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ।
तीन दिनभित्र नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरु, स्वकीय सचिवलगायत कर्मचारी, मर्यादापालक तथा सुरक्षासँग सम्बन्धित सबै कर्मचारी र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने जनाएको छ।
खोप लगाउन जाँदा कोभिसिल्ड खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा साथमा लैजान सचिवालयले आग्रह गरेको छ।
फागुन २३ गते पहिलो खोपको पहिलो मात्रा ६५ वर्षमाथिका व्यक्तिलाइ तत्काल दोस्रो मात्रा दिन नसकिने स्वास्थ्य मन्त्रलायले जनाएको छ। ६५ वर्षभन्दा माथिका व्यक्ति झण्डै १० लाख रहेको मन्त्रालयको भनाइ छ।
सरकारले जेठ २ गतेदेखि काठमाडौँ उपत्यका सहित देशका ७ जिल्लामा लगाइएको भेरोसेलको दोस्रो मात्रा पनि लगाउन कार्यतालिका सार्वजनिक गरिसकेको छ। खोपको पहिलो मात्रा लगाइएको ४ हप्तापछि भेरोसेलको दोस्रो मात्रा लगाइँदै छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...