२०८२ मंसिर २४
December 10, 2025, Wednesday

कोरोना संक्रमित आफ्नो पालिकामा पनि बढ्दै गएपछि चौंरीदेउराली गाउँपालिका अध्यक्ष गौतमले गरे पालिकाबासीमा यस्तो अपिल

कोरोना संक्रमित आफ्नो पालिकामा पनि बढ्दै गएपछि चौंरीदेउराली गाउँपालिका अध्यक्ष गौतमले गरे पालिकाबासीमा यस्तो अपिल
३० बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता/ काभ्रे कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमण दिनानुदिन बढ्दै भएको अवस्थामा चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले आफ्नो गाउँपालिकामा पनि कोभिड-१९ संक्रमण बढ्दै गएपछि पालिकाबासी अर्थात् सम्पुर्ण गाउँबासी को नाममा आज विशेष अपिल जारी गर्दै गाउँपालिकाले जारी गरेको निषेधाज्ञा पूणर्रुपमा पालना गर्न अनुरोध गरेका छन् ।
उहाँले अपिलमा भन्नुभयो ” एकातर्फ हाम्रो प्रत्येक टोलमा कोरोना संक्रमितहरू रहेको कुरा पुष्टि हुँदै गएको छ भने अर्को तर्फ कोरोना संक्रमित बिरामीको उपचारको अवस्था देशभरी नै भयाबह छ ।” अपिलमा अध्यक्ष गौतमले ” अहिले कुनै अस्पतालमा सजिलै छिर्नसम्म पाउने अवस्था छैन र अकालमा बिरामीको मृत्यु भईरहेका छन् । तसर्थ, यस विषम परिस्थितिमा जोगिन तपाईहरू समक्ष विनम्र निवेदन गर्न चहान्छु ।” भन्नुभएको छ । गौतमले जारी गरेको अपिलमा भनिएको छः
१. गाउँपालिकाले जारी गरेको निषेधाज्ञा पुर्ण रूपमा पालना गरौ ।
२. गाउँपालिकाका प्रत्येक व्यक्तिलाई कोरोना संक्रमित झैं शंकाको दृष्टिले हेरी दुई जना भन्दा बढी भीडभाड गर्दै नगरौं ।
३. भिडभाड हुने खालका सामाजिक कार्यहरु जस्तै विवाह, ब्रतबन्ध, पूजा, घेवा, भोज भतेर सबै स्थगीत गरौ, अत्याबश्यक भए घरका बढीमा १० जना मात्र जम्मा हुने गरि सुरक्षित तरिकाले गरौं । समवेदना, आशिर्वाद आदी फोनबाट दिऊँ ।
४. कोरोना शंक्रमण पुष्टि भएका र शंका गरिएका प्रत्येक व्यक्ति घरमा चिकित्सकको सल्लाह अनुसार आईशोलेसनमा बसौं ।
५. बिरामीको अवस्था गम्भीर हुँदै गएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।
६. टोल टोलमा स्वयंसेवक दस्ता निर्माण गरी गाउँपालिका र सुरक्षा संयन्त्रलाई जानकारी गराई सुरक्षित रुपमा परिचालित हुनुहोस् । अत्यावश्यक सेवा र सहयोगका लागि आफ्ना वडा अध्यक्ष र
गाउँपालिकामा: ९८५१०६४५४५, ९८५१२४३०७१, ९८५१२४३०८१, ९८५१२४३०९१

सुरक्षाकर्मीः
कात्तिके देउराली- ९८५१२८५६२७
ढाँडखर्क -९८६३१९४३१४

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०७८ बैशाख ३०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७८ बैशाख ३०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०७८ बैशाख ३०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP