३० बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता / टोकियो जापान – जापानले कोरोना संक्रमण फैलिएका देशमा प्रबेश गरेको १४ दिन नकटेका कसैलाई पनि जापान प्रबेश नदिने भएको छ । जापान सरकारले नेपाल सहित भारत र पाकिस्तान प्रबेश गरेका जो कोहिलाई पनि १४ दिन सम्म प्रबेश नदिने भएको हो । यसको अर्थ माथि उल्लेखित देशमा रहेका कसैले पनि जापान प्रबेश गर्न नपाउने भएका हुन । अहिले सम्म जापान बसाइको अनुमती पाएका र यहिको स्थाइ बसोबास अनुमती पाएकालाई ६ दिन सरकारले तोकेको स्थानमा र १४ होम क्वारेनटाइन बस्ने शर्तमा जापान प्रबेश गर्न दिएको थियो । अब काम बिशेषले नेपाल, भारत र पाकिस्तान प्रबेश गरेका कसैले (जापानी नागरिक बाहेक) पनि प्रबेश नपाउने भएका हुन । सरकारले १४ तारिख राती १२ बजेबाट उक्त नियम लागु गर्न लागेको बिदेश मन्त्रालयले जनाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...