२९ बैशाख २०७८, कोशीपारी अनलाइन/ काठमाडौ अन्ततः लामो समयको प्रयासपछि भोलि बिहीबार हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्ज सम्झौता (एमओयू) हुने भएको छ। स्रोतका अनुसार भोलि एमओयू गर्नेगरी तयारी पुरा भएको छ।
मर्जका लागि सबै विषयले मोटामोटी टुंगो पाइसकेको छ। कर्मचारी व्यवस्थापन, स्वाप रेसियो, संचालक समिति, माथिल्लो व्यवस्थापन टिम लगायतका विषय मिलिसकेको छ।
मिलेका विषयमा मर्जपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहनेछ। बैंकको अध्यक्षमा हालका इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन्। त्यस्तै प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिमालयन बैंकका हालका अशोक शमशेर राणा नै रहनेछन्। उनीपछिको कार्यकाल इन्भेष्टमेन्टका हालका ज्योति पाण्डेले सम्हाल्नेछन्। स्वाप रेसियो १ बराबर १ नै हुनेछ। यसको अर्थ हिमालयन वा इन्भेष्टमेन्ट बैंकको जति कित्ता सेयर लगानीकर्तासँग छ, मर्जपछि बन्ने बैंक ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट’को सेयर पनि त्यति नै हुनेछ।
मर्जर कमिटीले गरेका निर्णयलाई दुबै बैंकको बोर्ड बैठकले सदर गरेको अवस्था छ।
हाल हिमालयनको कुल कर्जा प्रवाह १ खर्ब २७ अर्ब तथा इन्भेष्टमेन्टको १ खर्ब ६० अर्ब छ। मर्जपछि बैंकको कुल कर्जा प्रवाह २ खर्ब ९० अर्बको हाराहारी हुनेछ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...