२०८३ बैशाख ५
April 18, 2026, Saturday

काभ्रेमा आज थप १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि,२६ जना संक्रमणबाट मुक्त

काभ्रेमा आज थप १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि,२६ जना संक्रमणबाट मुक्त

२९ बैशाख २०७८, कोशीपारी अनलाइन/ बनेपा   काभ्रे जिल्लाभर आज एकैदिन २६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले दिएको छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १२ जना महिला र २२ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १७ जना महिला र २३ जना पुरुष, पनौती नगरपालिकाबाट १७ जना महिला र १४ जना पुरुष, पाँचखाल नगरपालिकाबाट ११ जना महिला र ९ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट ३ जना महिला र ३ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट ३ जना महिला र ८ जना पुरुष, चौरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष, तेमाल गाउँपालिकाबाट २ जना पुरुष र रोशी गाउँपालिकाबाट १ जना पुरुष रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार योसँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ५१ सय ८ पुगेको छ । त्यस्तै जिल्लामा अहिले १५ सय १८ जना सक्रिय कोरोना संक्रमित रहेको डा. झाले बताए । जसमध्ये १४ सय ७० जना होम आइसोलेसनमा र ४८ जना अस्पताल आइसोलेसनमा उपचाररत रहेको उनले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा काभ्रेमा ४ जना संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबै मृतक संक्रमित काभ्रे बाहिर अन्य जिल्लाका रहेका छन् । धनगढी जिल्लाका ८० वर्षीय पुरुष र भक्तपुर जिल्लाका ५४ पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतालमा बैशाख २८ गते मृत्यु भएको कार्यालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणका कारण काठमाडौँ जिल्लाका ६० वर्षीय पुरुष र ललितपुर जिल्लाकी ५२ वर्षीय महिलाको उपचारको क्रममा आज धुलिखेल अस्पतलमा मृत्यु भएको कार्यालयका प्रमुख डा. झाले जानकारी दिए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP