२९ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता /बुटवल रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ ।
समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालमा कार्यरत एक चिकित्सकले जानकारी दिए । मृत्यु हुनेमध्ये ४ जना रुपन्देहीका र १ जना नवलपरासीका हुन् । उनका अनुसार अक्सिजन आपूर्ति गर्ने उद्योगले आधा घण्टा ढिलो अक्सिजन ल्याइदिएका कारण बिरामीको मृत्यु भएको ती चिकित्सकले बताए । उक्त अस्पतालमा आईसीयूमा १६ जना उपचाररत थिए, तीमध्ये बुधबार पाँच जनाको मृत्यु भएको हो । उद्योगबाट आपूर्ति भएपछि अरु बिरामीले भने अक्सिजन पाएका छन् ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...