२०८३ बैशाख ५
April 18, 2026, Saturday

व्यथाले छटपटिएकी महिलालाई भर्ना लिइएन, लाइनमै जन्माइन् बच्चा

व्यथाले छटपटिएकी महिलालाई भर्ना लिइएन, लाइनमै जन्माइन् बच्चा

२९ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ हिजो मुख हेर्ने दिन धुमधामको साथ मनाइरहेका थिए । सामाजिक सञ्जालहरु बिहानदेखि नै आमाका फोटाहरुले भरिएका छन् । धेरै जना विज्ञ बनेर आमाको महिमाको बारेमा गुनगान गाइरहेका छन् ।तर भारतको छत्तिसगढको कोरबा जिल्ला अस्पतालमा सरकारी सिस्टमको एक अमानवीय तस्विर बाहिरिएको छ । नकटीखार निवासी २७ वर्षीया गनेशिया वाई मन्झवारलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो । पति देवानन्द मन्झवारले जिल्ला अस्पतालस्थित प्रसुती कक्षमा पुु-याए । त्यहाँ नर्स र कर्मचारीहरुले भर्ना लिनुको साटो पहिला कोरोना परीक्षण गरेर आउन भने । जिल्ला अस्पताल परिसरस्थित कोरोना जाँच केन्द्रमा यी महिलालाई पुु-याउँदा बिहान साढे आठ बजेको थियो । कोरोना केन्द्रमा जाँच ९ बजेबाट सुरु हुन्छ । देवानन्दका अनुसार उनकी श्रीमतीलाई कोरोना जाँचका लागि लाइनमा राखियो । यही समय उनी व्यथाले चिच्याउन थालिन् र केही मिनेटमै त्यही सुत्केरी भइन् । त्यसपछि एक ह्विल चेयरमा राखेर उनलाई प्रसूती कक्षमा लगियो ।रिपोर्ट नेगेटिभ आयो । त्यसपछि सुत्केरीको कोरोना जाँच भयो । आमा र शिशु दुबैको रिपोर्ट नेगेटिभ आयो । दुबै स्वस्थ छन् । जिल्ला अस्पतालका सिभिल सर्जन डाक्टर अरुण तिवारीले भने,‘ पहिले पनि एक गर्भवती महिला कोरोना पोजेटिभ देखिएकी थिइन्, त्यसैकारण कोरोनाको जाँच जरुरी थियो ।’ यद्यपी, व्यथाले छट्पट्एकी व्यक्तिलाई भर्ना गर्नुको साटो लाइनमा लगाउने अस्पताल प्रशासनको यस अमानवीय कदमको सर्वत्र निन्दा भएको छ । एजेन्सी

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP