२०८२ कार्तिक २३
November 9, 2025, Sunday

व्यथाले छटपटिएकी महिलालाई भर्ना लिइएन, लाइनमै जन्माइन् बच्चा

व्यथाले छटपटिएकी महिलालाई भर्ना लिइएन, लाइनमै जन्माइन् बच्चा

२९ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ हिजो मुख हेर्ने दिन धुमधामको साथ मनाइरहेका थिए । सामाजिक सञ्जालहरु बिहानदेखि नै आमाका फोटाहरुले भरिएका छन् । धेरै जना विज्ञ बनेर आमाको महिमाको बारेमा गुनगान गाइरहेका छन् ।तर भारतको छत्तिसगढको कोरबा जिल्ला अस्पतालमा सरकारी सिस्टमको एक अमानवीय तस्विर बाहिरिएको छ । नकटीखार निवासी २७ वर्षीया गनेशिया वाई मन्झवारलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो । पति देवानन्द मन्झवारले जिल्ला अस्पतालस्थित प्रसुती कक्षमा पुु-याए । त्यहाँ नर्स र कर्मचारीहरुले भर्ना लिनुको साटो पहिला कोरोना परीक्षण गरेर आउन भने । जिल्ला अस्पताल परिसरस्थित कोरोना जाँच केन्द्रमा यी महिलालाई पुु-याउँदा बिहान साढे आठ बजेको थियो । कोरोना केन्द्रमा जाँच ९ बजेबाट सुरु हुन्छ । देवानन्दका अनुसार उनकी श्रीमतीलाई कोरोना जाँचका लागि लाइनमा राखियो । यही समय उनी व्यथाले चिच्याउन थालिन् र केही मिनेटमै त्यही सुत्केरी भइन् । त्यसपछि एक ह्विल चेयरमा राखेर उनलाई प्रसूती कक्षमा लगियो ।रिपोर्ट नेगेटिभ आयो । त्यसपछि सुत्केरीको कोरोना जाँच भयो । आमा र शिशु दुबैको रिपोर्ट नेगेटिभ आयो । दुबै स्वस्थ छन् । जिल्ला अस्पतालका सिभिल सर्जन डाक्टर अरुण तिवारीले भने,‘ पहिले पनि एक गर्भवती महिला कोरोना पोजेटिभ देखिएकी थिइन्, त्यसैकारण कोरोनाको जाँच जरुरी थियो ।’ यद्यपी, व्यथाले छट्पट्एकी व्यक्तिलाई भर्ना गर्नुको साटो लाइनमा लगाउने अस्पताल प्रशासनको यस अमानवीय कदमको सर्वत्र निन्दा भएको छ । एजेन्सी

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP