२४ बैशाख २०७८, कोशीपारी अनलाइन संवादाता/ हेटौंडा गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । हेटौंडा -५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर थापाले मनोनयन दर्ता गराएका हुन्। बिहान १० बजेदेखि साँझ ४ बजेसम्म दर्ताको समय तोकिएको उनले १२ बजेर ३० मिनेटमा मनोनयन दर्ता गराएका हुन्। जित सुनिश्चति भएपछिमात्रै थापालाई उम्मेदवारी बनाउने बताएको एमालेले शुक्रबार बिहानमात्रै थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । वाग्मती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक तथा समाजिक विकास मन्त्री सरस्वती बस्नेत उनका समर्थक रहेका छन्।उनी उम्मेदवारी दर्ता गराउन थापा हेलिकप्टरबाट हेटौंडा आएका थिए।मनोनयन दर्ताका लागि वाग्मती प्रदेश मन्त्रिमण्डलको टोली र नेकपा एमाले नेतासहितको टोली थापासँगै प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेको थियो । यसअघि कांग्रेस-माओवादी साझा उम्मेदवारका रुपमा खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन्।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...