२०८३ बैशाख ५
April 18, 2026, Saturday

अन्तर्राष्ट्रिय उडान बिहीबार रातिबाट बन्द हुने ,आज ५१ वटा उडान-अवतरण

अन्तर्राष्ट्रिय उडान बिहीबार रातिबाट बन्द हुने ,आज ५१ वटा उडान-अवतरण

२३ बैशाख २०७८, कोशीपारी अनलाइन /काठमाडौं । आज (बिहीबार) राति १२ बजेटबाट नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदैछन् । सरकारले नेपालमा बढ्दो महामारी नियन्त्रणका लागि भन्दै रातिबाट भारतसँग सातामा दुई उडान छाडेर सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा वैशाख मसान्तसम्म हवाई उडान बन्द हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार अन्तिम दिन अन्तर्राष्ट्रियतर्फ कुल ५१ वटा उडान-अवतरणको तालिका तय भएको थियो ।

यो कोरोना महामारीपछिको सामान्य दिनको तुलनामा करिब दोब्बर हो । आज नेपालबाट २६ उडान हुने र २५ वटा अवतरणको तालिका रहेको छ ।

भारतसँग भने एयर बबल सम्झौताअनुसार दुबै मुलुकका राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनीले सातामा एक-एक उडान गर्नेछन् । यसरी आएका यात्रु १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । त्यसका लागि सरकारले होटेल समेत तय गरिसकेको छ ।

उडान बन्द घोषणापछि बढे हवाई यात्रु

बुधबार त्रिभुवन विमानस्थल हुँदै २२८९ जना यात्रु नेपाल आएका छन् । नेपालबाट भने ३८३८ जना यात्रु विदेशिएका छन् । नेपाल आउने भन्दा विदेश जाने यात्रु करीव दोब्बर देखिएको छ ।

नेपालमा बिहीबारबाट उडान बन्द हुने भएपछि वैदेशिक रोजगारीमा जानेहरुले बिहीबार पछाडिको टिकट समेत अगाडि सारेर उडान गरेकाले यात्रु संख्या बढेको हो ।
अप्रिल महिनामा नेपालबाट औसतः २३११ जना यात्रु नेपालबाट विदेशिएको तथ्यांक छ । औसतः २२१३ जना जना यात्रु नेपाल आएका थिए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख २३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख २३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख २३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP