२०८२ कार्तिक २१
November 7, 2025, Friday
‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आयो’

स्वास्थ्य मन्त्रालय भन्छ- अस्पतालमा शय्या उपलब्ध गराउन सकिन्‍न

स्वास्थ्य मन्त्रालय भन्छ- अस्पतालमा शय्या उपलब्ध गराउन सकिन्‍न

१७ बैशाख २०७८ कोशीपारी अनलाइन काठमाडौ / कोभिड १९ को संक्रमण नेपालमा निकै उच्च गतिमा फैलिरहेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै काठमाडौं उपत्यकासहित अन्य १९ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएका कारण अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको बताएको हो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको अपीलमा संक्रमणको रोकथामका लागि सबैलाई जनस्वास्थ्य मापदण्डहरु कडाईका साथ पालना गर्न अनुरोध गरिएको छ। यस्तै कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगर्नु नगराउनुहुन पनि अपील गरिएको छ। ‘कुनै पनि सार्वजनिक स्थलहरुमा जाने भीडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्न अत्यन्त जरुरी छ। जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशील भई कडा रुपमा पालना गर्नु गराउनु पर्नेछ,’ अपीलमा भनिएको छ, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन अनुरोध छ।’

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०७८ बैशाख १७

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७८ बैशाख १७

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७८ बैशाख १७

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP