१७ बैशाख २०७८ कोशीपारी अनलाइन काठमाडौ / कोभिड १९ को संक्रमण नेपालमा निकै उच्च गतिमा फैलिरहेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै काठमाडौं उपत्यकासहित अन्य १९ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएका कारण अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको बताएको हो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको अपीलमा संक्रमणको रोकथामका लागि सबैलाई जनस्वास्थ्य मापदण्डहरु कडाईका साथ पालना गर्न अनुरोध गरिएको छ। यस्तै कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगर्नु नगराउनुहुन पनि अपील गरिएको छ। ‘कुनै पनि सार्वजनिक स्थलहरुमा जाने भीडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्न अत्यन्त जरुरी छ। जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशील भई कडा रुपमा पालना गर्नु गराउनु पर्नेछ,’ अपीलमा भनिएको छ, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन अनुरोध छ।’
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...