२०८२ मंसिर १९
December 5, 2025, Friday
मृत्यु र संक्रमण दर हालसम्मकै उच्च

एकै दिन ३५ को मृत्यु, मृत्यु हुनेमा रोगै नभएका र बालबालिकासमेत

एकै दिन ३५ को मृत्यु, मृत्यु हुनेमा रोगै नभएका र बालबालिकासमेत

१७ बैशाख २०७८, कोशीपारी अनलाइन,काठमाडौ कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ नमुनाको पीसीआर परीक्षण गर्दा ३८.३५ प्रतिशत अर्थात् ४ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ । एक जनाबाट संक्रमण धेरै जनामा सरिरहेको समेत पाइएको छ । ‘कुनै ठाउँमा एक जना कोरोना पोजिटिभ हुँदा परिवारका सदस्य, भेटघाटमा परेका, कार्यालयमा काम गर्ने भए सहकर्मी सबैलाई संक्रमण देखिएको छ,’ सहप्रवक्ता डा. अधिकारीले भने, ‘हाल क्लस्टर (समूह) मा संक्रमण देखिएको छ । ठूलो समूह संक्रमित भेटिएका छन् ।’ मुलुकमा सक्रिय संक्रमितको संख्या हरेक दिन एक–डेढ प्रतिशतले वृद्धि भइरहेको छ । मुलुकभरिमा ३४ हजार १ सय १७ जना सक्रिय संक्रमित छन् जुन कुल संक्रमितको १०.७४ प्रतिशत हो । ‘दिनमा एक–डेढ प्रतिशतका दरले सक्रिय संक्रमितको वृद्धि संक्रमण विस्तारको एकदमै द्रुत गति हो,’ डा. अधिकारीले भने, ‘यो खतरनाक अवस्था हो । सक्रिय संक्रमित वृद्धिदर भारतभन्दा नेपालमा तीव्र देखिएको छ ।’ संक्रमण तीव्र गतिले फैलिँदा काठमाडौं उपत्यकालगायतका ठाउँमा सघन उपचारका लागि आईसीयू र भेन्टिलेटर पाउन गाह्रो भएको छ । केही दिनयता ज्यान गुमाएकामा बालबालिका, युवा, दीर्घरोग नभएका, बाहिरबाट स्वस्थ देखिएका व्यक्तिको संख्या उल्लेख्य छ । चिकित्सकका अनुसार कोभिडले हुने मृत्युमा धेरैजसोमा कोमर्बिडिटी (एकैसाथ दुई वा बढी रोग हुनु) नभएकाको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा ११ वर्ष, १४ वर्ष र १९ वर्षका गरी २० वर्षमुनिका तीन जनाको मृत्यु भएको छ । बिहीबार मृत्यु भएकामा धेरैजसोको उमेर ५० वर्ष हाराहारी छ । ‘यो अत्यन्तै जटिल अवस्था हो,’ सहप्रवक्ता डा. अधिकारीले भने, ‘सबैले अत्यन्त कडा रूपमा स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाए र निषेधाज्ञालाई पालना नगरे स्थिति सहज हुन धेरै गाह्रो हुने देखिएको छ ।’ हाल उपचारमा रहेका कोभिड संक्रमित २४ जिल्लामा धेरै देखिएका छन् । ६ वटा जिल्लामा हजारभन्दा बढी संक्रमित उपचारमा छन् । काठमाडौंमा ११ हजार १ सय ८५, बाँकेमा ३ हजार ६ सय ३५, रूपन्देहीमा २ हजार ६ सय ३१, ललितपुरमा २ हजार २ सय ३, भक्तपुरमा १ हजार २ सय १० र दाङमा १ हजार १ सय ३६ जनाको उपचार भइरहेको छ।

Related News

मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
  • २०७८ बैशाख १७

कोशीपारी अनलाइन संवाददाता मंसिर १८, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य...

कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे
कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे
  • २०७८ बैशाख १७

कोशीपारी अनलाइन मंसिर १८, काठमाण्डौ नेपाली कांग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
  • २०७८ बैशाख १७

कोशीपारी अनलाइन मंसिर १८, काठमाण्डौं नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका...

TOP