१५ बैशाख्, २०७८ कोशीपारी अनलाईन काठमाण्डौ ।
नेपाल प्रहरीको प्रधान कार्यालयका ४० जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रहरीका उच्च अधिकारीहरुसहितलाई संक्रमण पुष्टि भएको स्रोतले बतायो । अघिल्लो वर्ष पनि प्रहरी प्रधान कार्यालयको सवारी शाखाबाट कोरोना फैलिएको थियो ।
हाल देशभर ९२ जना प्रहरी कर्मचारीमा कारोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये अधिकांश उपत्यकामा कार्यरत छन् । साढे ३७ हजार प्रहरीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको तथ्यांक छ ।
सशस्त्र प्रहरी बलमा पनि ३० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु उपत्यका र ७ नम्बर प्रदेशमा कार्यरत छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...