१५ बैशाख २०७८, कोशीपारी अनलाइन/ बनेपा पनौती नगरपालिका वडा नम्बर १० मा विहे भोजमा सहभागि भएकामा कोरोना संक्रमण पुष्टि भएको छ । बैशाख ११ गते भएको विवाह भोजमा सहभागिमा कोरोना संक्रमण पुष्टि भएको पनौती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

शुरुमा विवाह भएका घरको एकजना विरामी परेपछि अस्पताल लगिएको थियो । उनमा कोरोना संक्रमण देखियो । त्यसपछि भोजमा सहभागि अन्य ब्यक्तिमा पनि कोरोना भाइरसको लक्षण देखिएपछि परीक्षण गर्ने क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । वडा नम्बर १० मा विवाह भएको घर परिवार सहित भोजमा सहभागि १५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य शाखा प्रमुख पुरुषत्तोम तिमल्सिनाले जानकारी दिनुभयो ।
विवाहमा सहभागि मध्ये २४ जनाको स्वाब हिजो संकलन गरिएको थियो । त्यस्तै नगरपालिकाको वडा नम्बर ८ का एक जना महिला र एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाले भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागि नहुन सबैलाई आग्रह गरेको छ ।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...