२०८३ बैशाख ४
April 17, 2026, Friday

उकालो लाग्दै काभ्रेमा पनि कोरोना ग्राफः ११ संक्रमित थपिए

उकालो लाग्दै काभ्रेमा पनि कोरोना ग्राफः ११ संक्रमित थपिए

कोशीपारी अनलाईन

काभ्रे जिल्लामा पछिल्लो २४ घण्टा ११ जना कोरोना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय धुलिखेलका अनुसार संक्रमण हुनेमा धुलिखेल नगरपालिकाका दुई महिला र दुई पुरुष, पनौती नगरपालिका का १ महिला र ४ पुरुष, पाँचखाल नगरपालिकाका १ पुरुष रहेका छन् । त्यस्तै भुम्लु गाउँपालिकाका १ महिला गरी ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्रकुमार झाले जानकारी दिएका छन् । यो संगै काभ्रे जिल्लामा संक्रमित हुनेको संख्या तीन हजार ४ सय ४८ पुगेको छ ।

जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४८ रहेको छ । उनीहरुमध्ये ५ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ४३ जना होम आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा.झाले जानकारी दिएका छन् । काभ्रेमा पहिलो चरणको पहिलो र दोस्रो प्राथमिकताको दोस्रो डोजको कोरोना विरुद्ध खोप २ हजार १ सय ७३ जनाले लगाएका छन् । हिजोदेखी देशैभर दोस्रो डोजको कोरोना विरुद्ध खोप अभियान सुरु भएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख १०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP