२०८२ कार्तिक २३
November 9, 2025, Sunday

काठमाडौंमा देवरले गरे भाउजूको हत्या

कोशिपारी अनलाइन सम्बाददाता काठमाडौ / काठमाडौंमा देवरले भाउजूको हत्या गरेका छन्। यो घटना शनिबार बेलुकी सात बजेतिरको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर १० बुलबुलेमार्गका ४८ वर्षीय मोहन राज भण्डारीले आफ्नी भाउजू ४८ वर्षीया रोशनी राज भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ।

बाटोमा हिडिँरहेकी रोशनीलाई मोहनले लखेटेर रडले हिर्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले सेतोपाटीलाई बताए। ‘देवरले भाउजूलाई फलामको रडले टाउकोमा हिर्काएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ उनले भने।

फलामको रड प्रहार भएपछि गम्भीर घाइते भएकी रोशनीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। चिकित्सकहरूले उनको शनिबार राति आठ बजे मृत्यु भएको पुष्टि गरेका थिए।

प्रहरीले मोहनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ। मोहनलाई बानेश्वर वृत्तमा राखिएको छ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ बैशाख ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ बैशाख ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ बैशाख ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP