निर्मला तामाङ
सिन्धुपाल्चोक संवाददाता
भारतले सिन्धुपाल्चोकका थप तीन गुम्बा पुर्ननिर्माण गर्ने भएको छ । भारत सरकारले २०७२ को भूकम्पले भत्काएका सिन्धुपाल्चोकका चिरी घ्याङ, मेलम्ची घ्याङ र तार्के घ्याङ पुर्ननिर्माण गर्ने भएको हो ।

पुर्ननिर्माण प्राधिकरण र भारतीय राजदूतावासबीच गुम्बा निर्माणमा बुधबार सम्झौता भएको वाग्मती प्रदेश सभा सदस्य निमा लामाले जानकारी दिए । हस्ताक्षर कार्यक्रममा पूर्व अर्थराज्य मन्त्री डा. लार्केल लामा, वाग्मती प्रदेश सभा सदस्य लामा र भारतीय दुतावासका तर्फबाट विकास साझेदारी उपसचिवको सहभागिता थियो ।
भूकम्पपछिको भत्काएका नेपालका ८ वटा जिल्लाका २८ वटा सांस्कृतिक परियोजनाहरु भारतले पुर्ननिर्माण गर्ने भएको छ । यसका लागि भारतले ५० लाख अमेरिकी डलर सहयोग गरेको छ ।
ह्याेल्माे र तामाङ समुदायको बासस्थान भएको उक्त क्षेत्रमा गुम्बा पुर्ननिर्माणले पर्यटन प्रवर्द्धनका सहयोग गर्ने अपेक्षा गरिएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...