निर्मला तामाङ कोशीपारी अनलाईन / काभ्रे – पछिल्लो समय देशका विभिन्न स्थानका वन जंगलमा डढेलो लाग्नेको संख्या बढेदै गएको छ । वन जंगलमा लागेको डढेलोले अधिकांश क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाका थुप्रै वन जंगलमा पनि डढेलो लागेको जिल्ला वन कार्यालय काभ्रेले जनाएको छ ।
त्यसो त दुई महिनाको अवधिमा मात्रै काभ्रेको विभिन्न ३२ सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा डढेलो लागेको कार्यालयको जानकारी छ । फागुन महिनाको पहिलो सातादेखि चैतको अन्तिम सातासम्म ३२ वन क्षेत्रको ६५० हेक्टरमा डढेलो लागेको कार्यालयका सूचना अधिकारी न्हुच्छेकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार फागुन पहिलो साता भुम्लु गाउँपालिका–४ स्थित लाँकुर भलभुले, चापानी, धारापानी र लाम्राङ आहालडाँडा सामुदायिक वनमा डढेलो लागेको थियो ।
त्यसलगत्तै भुम्लुकै वडा नं ५ स्थित छेकर्पा र फागरखोला सामुदायिक वन तथा वडा नं ९ को घट्टेखोला सामुदायिक वन, चौँरीदेउराली गाउँपालिका–१ स्थित साँगास्वती, वडा नं ७ को मादन सल्लेरी सामुदायिक वनमा डढेलो लागेको थियो ।खानीखोला गाउँपालिका–५ को फर्लेक धारपानी र गोल्मे सामुदायिक वन, पनौती नपा–५ चौकोटस्थित गैह्रीगाउँ, नमोबुद्ध नपा–३ को चरुवा सामुदायिक वन, मण्डनदेउपुर नपा–११ स्थित जैसिथोक सामुदायिक वन, वडा नं ९ को जुकेपानी, घ्याम्पेपानी, पौवा सामुदायिक वनमा डढेलो लागेको र अहिले नियन्त्रणमा आइसकेको कार्यालयको जानकारी छ । त्यस्तै हालसालै, शनिबार बिहानबाट काभ्रेको नमोबुद्ध नगरपालिका–७ स्थित काँक्रोन लागेको डढेलो ३ दिनपछि मात्र नियन्त्रण्मा आएको जिल्ला वन कार्यालयले जनाएको छ ।
काभ्रेको कुल क्षेत्रफल १ लाख ४० हजार ४ सय ८६ हेक्टरमध्ये ३९ हजार ५ सय ६५ हेक्टर क्षेत्रफल वन जंगलले आगटेको छ । वन जंगलमा लाग्ने डढेलोलाई तुलानात्मक रुपमा हेर्दा आर्थिक वर्ष २०७२/०७३मा १२ सय २८ क्षेत्रफलमा डढेलो लागेको थियो । त्यस्तै आ.व २०७३/०७४मा १ सय १२ क्षेत्रफलमा डढेलो लागेको थियो भने आ.व २०७४/०७५मा डढेलो लाग्ने क्षेत्रफल सङ्ख्या घटेर ९३ क्षेत्रफलमा मात्र डढेलो लागेको तथ्याङक काभ्रे जिल्ला वन कार्यालयको तथ्याङक छ ।
त्यस्तै आर्थिक वर्ष २०७५/०७६ र २०७६/२०७७ मा जिल्लाका वन जंगलमा डढेलो नलागेको जिल्ला वन कार्यालय काभ्रेको विवरणमा उल्लेख छ । कार्यालयका सूचना अधिकारी श्रेष्ठका अनुसार यस दुई वर्षको अवधिमा जिल्लाका थोरै स्थानमा मात्र डढेलो लागेको विवरणमा छ । हिउँददेखि नै पानी परेकाले मौसम अनुकुल भएकाले वन जंगलमा लाग्ने डढेलोमा कमी आएको हो । तर यस वर्ष भने मौसम प्रतिकुलका कारण जिल्लाका धेरै ठाउँमा डढेलोको घटना बढेको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए ।
जिल्लाका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, जिल्ला वन कार्यालय, स्थानीय नागरिक लगायतसँग समन्वय भइरहेको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनका अनुसार कतै, जनस्तरमा वन जंगलमा लाग्ने डढेलो र यसले पार्ने असरका बारेमा चेतनाको कमीका कारण जिल्लामा डढेलोका घटना बढेको देखिन्छ भने कतै मौसम प्रतिकुलका कारण सावधानी अपनाउँदा अपनाउँदै पनि घटना घटिरहेका छन् । यसको नियन्त्रणका लागि जिल्लामा अग्नि रेखा, पानी पोखरीको व्यवस्थापन, दमकल लगायतका पूर्व तयारीको व्यवस्था गरिएको उनले जानकारी दिए ।
सडक र यातायातको पहुँच भएको ठाउँमा डढेलो तथा आगलागी भएको स्थानमा अग्नी नियन्त्रण गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । तर जिल्लाका केही स्थानीय तहका केही स्थानमा भने नियन्त्रणमा ल्याउन निकै जटिल छ । केही ठाउँमा सडक र यातायातको राम्रो पहुँच नभएको स्थानमा डढेलो तथा आगलागी भएको अवस्थामा दमकलको व्यस्वथा नहुनुको साथै, बाटो राम्रोे नभएकाले यातायात आउन पनि नसक्ने अवस्था हुदाँ आगलागीलाई नियन्त्रण गर्न निकै समस्या हुने उनले बताए ।
अग्नि नियन्त्रणका लागि जिल्लाका १३ वटा स्थानीय तहमध्ये बनेपा नगरपालिकासँग २ वटा, धुलिखेल नगरपालिकासँग २ वटा, नमोबुद्ध नगरपालिकासँग १ वटा र पाँचखाल नगरपालिकासँग १ वटा गरी ६ वटा दमकल रहेको जिल्ला प्रशासन कार्यालयले काभ्रेले जनाएको छ । कार्यालयका अनुसार अन्य स्थानीय तहले भने अग्नि नियन्त्रणका लागि अग्नि रेखा, पानी पोखरी व्यवस्थापन, सचेतनामूलक कार्यक्रम लगायतका कार्यहरु गर्दै आएका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...