काभ्रे (धुलिखेल) – जिल्लामा आज थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज थपिएका संक्रमित पाँचखाल नगरपालिकाकी एक जना महिला रहेको कार्यालय प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।
उनका अनुसार योसँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या ३३ सय ९५ पुगेको छ । जिल्लामा अहिले १९ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानकारी छ ।
जसमध्ये बनेपा नगरपालिकाबाट १ जना महिला र ४ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला र ८ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १ जना पुरुष, तेमाल गाउँपालिकाबाट १ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र नमोबुद्ध नगरपालिकाबाट १ जना पुरुष गरी १९जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
१९ जना सक्रिय संक्रमितमध्ये ९ जना होम आईसोलेसनमा र १० जना अस्पताल आईसोलेसनमा रहेको कार्यालय प्रमुख डा.झाले बताए ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...