२०८२ कार्तिक २१
November 7, 2025, Friday

लिंक्डइन मार्फत् ५० हजारलाई रोजगारी दिँदै माइक्रोसफ्ट

अमेरिकी टेक्नोलोजी जाएन्ट माइक्रोसफ्टले आगामी ३ वर्षभित्रमा थप ५० हजार जनशक्तिलाई प्रविधिसँग सम्बन्धित क्षेत्रमा जागिर दिनेछ र त्यस्ता जनशक्तिको छनोटचाहिँ सोसल मिडिया प्लाटर्फम लिंक्डइनमार्फत् हुनेछ ।

कोरोना भाइरस महामारीका कारण रोजगारीमा असर परेका जनशक्तिहरुलाई सहयोग गर्न माइक्रोसफ्टले प्रोफेसनल नेटवर्किङ साइट लिंक्डइनको सहयोगमा ५० हजारलाई नयाँ रोजगारी दिने भएको हो ।

माइक्रोसफ्टका प्रडक्टहरु प्रयोग गर्दा बिक्री गर्ने विभिन्न कम्पनीहरुमा उनीहरुले जागिर पाउनेछन् । कम्पनीहरुले प्रविधि सीपलाई प्राथमिकता दिनेछन् र कामदारहरुलाई नयाँ क्षेत्रमा जानका लागि पनि सहयोग गर्नेछन् । सुरुआतमा यो कार्यक्रम अमेरिकामा मात्र केन्दि्रत रहने र अर्को वर्षदेखि विश्वका अन्य देशमा पनि विस्तार गरिने बताइएको छ ।

लिंक्डइनको सीप विकास कार्यक्रम

कोरोना महामारीको लकडाउनका कारण व्यवसायहरु नराम्रोसँग प्रभावित बनेसँगै माइक्रोसफ्टले गत वर्षबाटै उक्त कार्यक्रम सुरु गरेको थियो । महामारीका कारण स्वेतपोषी तथा प्रविधि क्षेत्रका कामदारहरु जसले घरबाटै पनि काम गर्न सक्दथे उनीहरुको तुलनामा कार्यक्षेत्रमै जानुपर्ने सर्भिस वर्करहरु बढी प्रभावित बने ।

उक्त समयमा लिंक्डइनले पैसा तिरेर पढ्नुपर्ने डिजिटल सीप विकास सम्बन्धी विभिन्न कोर्सहरु निःशुल्क बनायो । त्यस्ता कोर्सहरुमा सफ्टवेयर डेभलपमेन्ट, तथ्यांक विश्लेषण, वित्तीय विश्लेषणलगायतका रहेका छन् ।

लिंक्डइनका अनुसार यस्तो निःशुल्क सीप विकास कार्यक्रम सन् २०२१ को अन्त्यसम्मै जारी रहनेछ । माइक्रोसफ्ट र लिंक्डइनले यस्तो कार्यक्रममा सहभागी भएर अढाई करोड मानिस लाभान्विन हुने अपेक्षा गरेका थिए । तर अहिलेसम्म ३ करोड ७ लाख मानिस सहभागी भैसकेका छन् ।

तीमध्ये अधिकांस अमेरिकाबाटै सहभागी भएका भए पनि विश्वका अन्य धेरै देशहरुबाट पनि उल्लेख्य मानिसहरु लिंक्डइनको सीप विकास कार्यक्रममा सहभागी बने ।

माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथका अनुसार अन्टार्कटिकाबाट समेत ९१ जना सहभागी भएका थिए ।

माइक्रोसफ्टका अनुसार मानिसहरुलाई सीप सिक्नका लागि सहयोग गर्ने गैरनाफामूखी संस्थाहरु समेतका कारण डिजिटल तालिम कोर्स निकै फलदायी बनेको र तिनै संस्थाहरुको सहयोगमा ५० हजार जनाले नयाँ रोजगारी पाउनेछन् ।

माइक्रोसफ्टले आफू मातहको प्रोफेसनल नेटवर्किङ प्लाटर्फम लिंक्डइन र सफ्टवेयर कोडिङ टूल सर्भिस गिटहबसँगको सहकार्यमा लाखौँलाई निःशुल्क सीप विकास तालिम र हजारौँलाई रोजगारी दिन लागेको यो पहिलो पटक हो । यी दुई प्लाटर्फम माइक्रोसफ्ट मातहतका कम्पनी भए पनि दुवै स्वायत्तरुपमा चलिरहेका छन् ।

एजेन्सी

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP