२०८३ बैशाख ५
April 18, 2026, Saturday

अमेरिकी भित्तामा ‘क’ चिनाउने स्‍नेहा

अमेरिकी भित्तामा ‘क’ चिनाउने स्‍नेहा

१४ चैत, काठमाडौं । अमेरिकाका वालहरुमा नेपाली वर्णमालाको क ? झट्ट सुन्दा अनौठो लाग्न सक्छ । तर चित्रकार स्नेहा श्रेष्ठले अमेरिकाका वालहरुमा ‘क’लाई आकर्षक चित्र बनाएर आफ्नो मात्र होइन, नेपालीहरुको नाम राखेकी छन् ।

‘अहिले मैले जे गरेकी छु, यसले म निकै सन्तुष्ट छु’ रोटरी क्लब अफ बानेश्वरले आयोजना गरेको वेबिनारमा उनले भनिन्, ‘मैले यहाँका वालहरुमा चित्र कोरेकी छु, मैले ‘क’ तीन पटक कोरेर चित्र बनाएको छु ।’

नेपाली संस्कृतिको सम्मानका लागि यसो गर्ने गरेको उनले बताइन् । उनी चित्रकार बन्छु भनेर अमेरिका पुगेकी थिइनन् । तर एक संग्रहालयमा नेपाली शैलीमा बुद्धको स्ट्याचु बनाएको देखेपछि उनको मन बदलियो ।

म पनि गर्न सक्छु भन्ने लाग्यो प्रयास गरिन् । वालमा उनले बनाएको पेन्ट धेरैले मन पराए । उनले अनुभव सुनाउँदै भनिन्, ‘त्यहाँको मेयरले मलाई टोकन अफ लभ भने जस्तै मलाई ‘शहरको साँचो’ दिनु भएको थियो ।’

अमेरिकाको सडकमा बनाएको जस्तै चित्र काठमाडौंको हात्तीसारस्थित सडकमा पनि रहेको उनले बताइन् ।

स्नेहाले तीन पटक ‘क’ लेखेर बनाएको चित्र निकै आकर्षक छ । उनले नेपाली अक्षरकै धेरै चित्रहरु बनाउन थालेकी छन् ।

गीताको श्लोकहरुको चित्र कोर्दा पनि निकै खुसी लाग्ने गरेको उनले सुनाइन् । ठूला वालहरुमा चित्र कोर्नका लागि लिफ्ट तथा क्रेनको समेत आवश्यकता पर्छ । क्रेन पनि उनी अपरेट गर्छिन् । ‘यसको पनि मैले तालिम लिएको छु, म चाहन्छु कि मलाई चाहिने कामका लागि अरुमा भर पर्नु नपरोस्’ उनी भन्छिन् ।

वेबिनारमा प्रमुख अतिथि रोटरी क्लब अफ इन्टरनेशनल ३२९२ का डिस्ट्रिक गभर्नर राजीव पोखरेल थिए भने वक्ताहरु पूर्वअर्थमन्त्री तथा रोटरियन शंकर कोइराला, रोटरी क्लब अफ इन्टरनेशनल ३२९२ का असिस्टेन्ट गभर्नर रमा कँडेल र नेपाल फाइन आर्ट एकेडेमीका कुलपति कान्छाकुमार कर्माचार्य थिए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP