२०८२ मंसिर २४
December 10, 2025, Wednesday

सवारी दुर्घटना न्यूनिकरणका लागि लागू पदार्थ सेवन चेकजाँचमा जिल्ला ट्राफिक प्रहरी काभ्रेको सक्रियता

सवारी दुर्घटना न्यूनिकरणका लागि लागू पदार्थ सेवन चेकजाँचमा जिल्ला ट्राफिक प्रहरी काभ्रेको सक्रियता

काभ्रे (बनेपा) – सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले अभियान स्वरुप विभिन्न कार्यहरु गर्दै आएको छ । लागू पदार्थ सेवन गरी सवारी चलाउनु नै सवारी दुर्घटनाको प्रमुख कारण भएकाले कार्यालयले आजदेखि लागू पदार्थ सेवन चेकजाँच कार्यलाई तिब्रता दिएको छ । पछिल्लो समय मादक पदार्थका साथै लागू पदार्थ समेत सेवन गरी सवारी चलाएको पाइएकोले कार्यालयले आजदेखि चेकजाँच कडा गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिशाल तामाङले बताए । उनका अनुसार विशेष गरेर रातीको समयमा लागू पदार्थ सेवन गरी सवारी चलाएको जनगुनासो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला ट्राफिक कार्यालय काभ्रेको संयोजनमा अभियान स्वरुप यस कार्यलाई अगाडी बढाइएको छ । चेकजाँचको क्रममा कार्यालयले लागू पदार्थ सेवन नगरी सवारी चलाउने सवारी चालकलाई खादा ओढाई सम्मान गरी ट्राफिक नियमको पालना गर्न प्रोत्सहान गरेको छ । ट्राफिक नियम उल्लंघन गरी मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारी चलाउँदा हुने कानुनी कार्वाही बारेमा सवारी चालकलाई सचेत गराउन पनि यस कार्यक्रमको सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP