२०८२ मंसिर १९
December 5, 2025, Friday

नमोबुद्ध नगरपालिकाको नवौं नगरसभा सम्पन्न

नमोबुद्ध नगरपालिकाको नवौं नगरसभा सम्पन्न

काभ्रे, जिल्ला स्थित नमोबुद्ध नगरपालिकाले आह्वान गरेको नवौं नगरसभा बुधबार सम्पन्न भएको छ । नगरपालिकामा इँटा उद्योग विस्थापन पछि उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न आह्वान गरिएको नगरसभा बैठकले काभ्रे इँटा उद्योग संघसँग वार्ता गर्न गठन गरिएको वार्ता समितिलाई अनुमोदन गरेको छ ।

बैठकले वडा नं. ५ का वडा अध्यक्ष वुद्धसिं तामाङको संयोजकत्वमा गठित इँटा उद्योग व्यवस्थापन वार्ता समितिलाई वार्तामार्फत इँटा उद्योगको समस्यालाई दीगो रुपमा समाधान गर्ने उद्देश्यअनुरुप आवश्यक पर्ने सबै अधिकार प्रत्यायोजनसमेत गरेको छ । नमोबुद्ध ७ का वडाअध्यक्ष धर्मसिं लामाले वार्ता समिति अनुमोदन र अधिकार प्रत्यायोजनका लागि पेश गरेको प्रस्ताव नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिएका छन् । अब वार्ता समितिले नगर कार्यपालिकाले तोकेको कार्यशर्तको आधारमा इँटा उद्योगसम्वन्धी समस्यालाई दीगो रुपमा समाधान गर्न, उद्योगीले २०७५ पुस २७ गरेको प्रतिवद्धता अनुसार पुस २८ गते जिल्ला समन्वय समितिमा गरेको करार सम्झौता कार्यान्वयन गर्न र वातावरणमैत्री एवं उद्योगमैत्री नगर स्थापना गर्न तत्कालै वार्ता प्रक्रिया अघि बढाउने प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिएका छन् । वार्ता प्रक्रियामार्फत समस्या समाधान हुन नसकेमा अन्य विकल्पको खोजीका लागिसमेत नगरसभाले कार्यपालिकालाई अधिकार प्रत्यायोजन गरेको छ ।

वार्ता समितिमा वडाअध्यक्षहरु सञ्जीव ढकाल, कुलप्रसाद न्यौपाने, धर्मसिं लामा र रामकृष्ण उपाध्याय सदस्य रहेका छन् ।
नमोबुद्ध नगरपालिकाले नगरपालिकामा रहेका इँटा उद्योग विस्थापन गर्न २०७५ पुस २८ गते भएको नगरपालिका र उद्योगीबीचको करार सम्झौता कार्यान्वयनको क्रममा २०७६ भदौ ८ र ९ गते उद्योग विस्थापन गरेको थियो । यसबारे अदालतमा मुद्दा बिचाराधीन रहेकै अवस्थामा इँटा उद्योग सञ्चालनमा आउन लागेपछि यसबारे छलफल र आवश्यक निर्णयका लागि नगरपालिकाको नगरसभा बैठक आह्वान भएको हो ।

नगरसभा बैठकमा वडा नं.२ का अध्यक्ष एवं वार्ता समितिका सदस्य सञ्जीव ढकालले समसामयिक विषय तथा इँटा उद्योग सम्बन्धमा हालसम्म भएका निणृय, स्थलगत तथा तथ्यपरक जानकारी प्रस्तुत गरेका थिए । यस्तै वडा नं. ६ का अध्यक्ष एवं वार्ता समिति सदस्य कुलप्रसाद न्यौपान तथा वडा नं. १० का अध्यक्ष एवं वार्ता समितिका सदस्य रामकृष्ण उपाध्यायले इँटा उद्योगीसँग भएको अनौपचारिक वार्ता तथा छलफलको बारेमा जानकारी प्रस्तुत गरेका थिए । यस्तै वडा नं. ५ का अध्यक्ष एवं वार्ता समितिका संयोजक वुद्धसिं लामाले सभा सदस्यले उठाएका विविध विषयसहित वार्ता प्रक्रियाका विषयमा जानकारी दिएका थिए ।

नगरसभा बैठकमा वडा नं ३ का अध्यक्ष रामशरण हुमागाईंले विगतमा भएका सम्झौताको कार्यान्वयनसहित विकल्पका विषयमा छलफल गर्नुपर्ने बताए । यस्तै नगरसभा सदस्यहरु कल्पना सत्याल र भवमान तामाङले वातावरणमैत्री नगर निर्माणको अभियानबाट पछि हट्न नहुने बताएका थिए ।

Related News

मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
  • २०७७ चैत्र १८

कोशीपारी अनलाइन संवाददाता मंसिर १८, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य...

कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे
कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे
  • २०७७ चैत्र १८

कोशीपारी अनलाइन मंसिर १८, काठमाण्डौ नेपाली कांग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
  • २०७७ चैत्र १८

कोशीपारी अनलाइन मंसिर १८, काठमाण्डौं नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका...

TOP