२०८२ कार्तिक २८
November 14, 2025, Friday

भारतसँग शान्तिपूर्ण सम्बन्ध चाहेको पाकिस्तानको भनाई

भारतसँग शान्तिपूर्ण सम्बन्ध चाहेको पाकिस्तानको भनाई

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग शान्तिपूर्ण सम्बन्ध चाहेको बताउनुभएको छ । गत मार्च २३ मा पाकिस्तानको गणतन्त्र दिवसको अवसरमा भारतीय सकमक्षी नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देशको जवाफ दिदै प्रधानमन्त्री खानले आफू र आफ्ना जनताले भारतसहित सबै छिमेकी मुलुकहसँग शान्ति र सहकार्यपूर्ण सम्बन्ध चाहेको बताउनुभएको हो ।  खानले पठाएको जवाफी पत्र सार्वजनिक भने गरिएको छैन । पत्रमार्फत काश्मिर क्षेत्रमा भएको विवाद र दुवै पक्षबीच देखिएका सबै समस्याको समाधानका लागि समेत आग्रह गरिएको श्रोतलाई उदृत गर्दै अलजजिराले उल्लेख गरेको छ ।  पत्रमा भनिएको छ, ‘दक्षिण एसियाको शान्ति र स्थिरता, भारत र पाकिस्तानबीचको सम्बन्धमा निर्भर छ, विशेषगरी जम्मु र कश्मिरको विवाद समाधान गर्न आवश्यक छ । त्यसअघि भारतीय प्रधानमन्त्री मोदीले पठाएको शुभकामना सन्देशमा पनि दुई वटा आणविक शक्ति राष्ट्रबीच शान्तिपूर्ण सम्बन्धका लागि आग्रह गरिएको थियो ।’ सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएयता दुई मुलुकबीच तनावपूर्ण सम्बन्ध रहदै आएको छ । सन् २०१९ मा सीमामा भएको झडप तथा दुवै मुलुकले सैन्य विमान एक अर्काको भूमिमा पठाएपछि तनाव चुलिएको छ । 

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०७७ चैत्र १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७७ चैत्र १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७७ चैत्र १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP