कोशीपारी अनलाइन
फागुन २६, काठमाण्डौं
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने कार्यका लागि देशव्यापी रूपमा श्रमदातालाई तयार रहन आह्वान गरेका छन् ।
सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै नवनिर्वाचित साम्पाङले पुल निर्माण स्थलको भौगोलिक अवस्था र अन्य प्राविधिक जानकारी लिन आफूले मान्छे पठाएको समेत बताएका हुन् ।
‘दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने भएको छु । यस कठिन भौगोलिक अवस्थामा हुने निर्माण कार्यका लागि देशव्यापी रूपमा श्रमदाता पनि तयार रहनुस् । पुल निर्माण स्थलको भौगोलिक अवस्था र अन्य प्राविधिक जानकारी लिन आफूले एउटा अग्रिम टोली त्यसतर्फ पठाइसकेको छु,’ उनले भनेका छन् ।
मोटर बाटो नभएका कारण निर्माण स्थलमा डोजर, क्रसर र अन्य भारी मेसिनरी उपकरण लैजान सम्भव नभएको उनले बताए ।
उनले भने, ‘मोटर बाटो नपुगेको उक्त दुर्गम स्थानको सम्पूर्ण वस्तुस्थिति बुझेर टोलीले जानकारी दिएपछि म पनि निर्माण स्थलमा जन्छु । मोटर बाटो नभएका कारण निर्माण स्थलमा डोजर जादैन् । क्रसर र अन्य भारी मेसिनरी उपकरण लैजान सम्भव छैन् ।’
साम्पाङले पुल निर्माणको काम सम्पन्न गर्न १५ देखि २० दिनसम्म लाग्ने जनाकारी समेत दिए । उनले भने, ‘त्यहाँ बिजुलीको सुविधा छैन् त्यसले गर्दा ड्रिल मेसिन प्रयोग गर्न सकिदैन् । जेनेरेटर बोकेर लान पनि सकिदैन् । त्यसैले श्रमदानमा जानेहरूले घन, मार्तोल, बेल्चा, गैँती र झब्बलको भरमा ढुङ्गा र गिटी फुटाउनेदेखि बाटो खन्नेसम्मको काम हातैले गर्नुपर्ने हुन्छ । यसैले पुल निर्माणको काम सम्पन्न गर्न १५ देखि २० दिनसम्म लाग्न सक्छ ।
सहयोगी दाताहरूलाई न्यूनतम १० रुपैयाँदेखि माथि आफ्नो गच्छेअनुसार सहयोग गर्न साम्पाङले आग्रह समेत गरका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...