२०८३ बैशाख ६
April 19, 2026, Sunday

रास्वपाका भुवन टमटासहित चार उम्मेदवारको धरौटी जफत

रास्वपाका भुवन टमटासहित चार उम्मेदवारको धरौटी जफत

कोशीपारी अनलाइन संवाददाता
फागुन २५, मुगु

मुगु जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका सात राजनीतिक दल मध्ये रास्वपाका उम्मेद्वार भुवन टमटासहित चार राजनीतिक दलका उम्मेदवारको धरौटी जफत हुने भएको छ ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिएका सात राजनीतिक दलमध्ये कुल खसेको सदर मतको १० प्रतिशत कम मत प्राप्त गर्ने चार राजनीतिक दलको धरौटी जफत हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

मुगुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी (विप्लव) र प्रगतिशील लोकतान्त्रिक पार्टीले फागुन २१ गते सम्पन्न निर्वाचनमा भाग लिएका थिए ।

सात दल मध्ये नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले सदरमतको १० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन् । १० प्रतिशत भन्दा कम मत प्राप्त गर्नेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी, (विप्लव) प्रगतिशील लोकतान्त्रिक पार्टी रहेका छन् ।

मुगु जिल्लामा ३६ हजार ३१ मतदाता रहेको एक निर्वाचन क्षेत्रमा २२ हजार ७१ मतदाताहरूले मतदान गरेका थिए । कुल खसेको मत मध्ये २१ हजार २२५ सदर मत र ८४६ मत बदर भएको थियो ।

कुल सदर मत मध्ये नेपाली काग्रेसका खड्क बहादुर शाहीले ७ हजार ९१४ मत प्राप्त गरी विजयी भए । नेकपा एमालेका पूर्ण बहादुर रोकायाले ६ हजार ७१८ मत प्राप्त गरी दोस्रो र नेपाली कम्युनिष्ट पार्टीका चन्द्र बहादुर शाहीले ५ हजार ५५८ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका थिए ।

धरौटी जफत हुनेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० राष्ट्रिय प्रजातन्त्र पार्टीका बल बहादुर मल्ल २०३, नेकपा माओवादी (विप्लव)का रंगबिर परियार २८०, प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन कुमार मल्लले २२ मत प्राप्त गरेका थिए । चारैजना उम्मेदवारले कुल सदरमतको १० प्रतिश भन्दा कम मत प्राप्त गरेकाले उनीहरूको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत मीन बहादुर कुवँरले जानकारी दिएका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन २५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP