२०८३ बैशाख ४
April 17, 2026, Friday

काभ्रे क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईँ विजयी

काभ्रे क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईँ विजयी

कोशीपारी अनलाइन
फागुन २४, काठमाण्डौं

काभ्रे क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईँ विजयी भएका छन् । उनले २९, ६१८ मत प्राप्त गरेका छन् । उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मोक्तानलाई १० हजार ४५२ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । अन्तिम मत परिणाम अनुसार चौलागाईले २९ हजार ६१८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गुणराज मोक्तानले १९,१६६ मत पाएका छन् । त्यसै गरि नेपाली कम्युनिस्ट पार्टीका दिनानाथ गौतमले १४, १८४ प्राप्त गरेका छन् ।

एमालेका अमित लामाले १३,८१४, उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले ७,४०३ प्राप्त गरेका छन्। अघिल्लो निर्वाचनमा यो क्षेत्रमा तत्कालीन माओवादी केन्द्रका सूर्यमान दोङले जितेका थिए ।

काभ्रे क्षेत्र नंं १ मा बाट प्रतिनिधिसभामा निर्वाचित चौलागाई लामो समय देखि कानुनी क्षेत्रमा लग्न रहँदै आएका छन् । उनी चौरीदेउराली गाउँपालिका वडा नं.५ का स्थानीय बासिन्दा हुन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन २४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन २४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन २४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP