कोशीपारी अनलाइन
फागनु २२, काठमाण्डौं
ललितपुर क्षेत्र नम्बर २ अन्तर्गत वडा नं ९ मा मतगणना अस्थायी रूपमा स्थगित गरिएको छ । मुचुल्का उठाउँदा ३० वटा मतपत्र कम भएको पाइएको कारणले गर्दा मतगणना रोकिएको हो ।
यहाँ कुल ४ हजार १८५ मतपत्र रहेको भनिए पनि, मतगणना गर्दा केवल ४ हजार १५५ मतपत्र मात्र भेटिएको बताइएको छ । यस कारणले मतगणना रोकिएको हो ।
स्थानीय तहका राजनीतिक दलहरूले सर्वदलीय बैठक बस्ने तयारी गरिरहेका छन् । बैठकपछि बाँकी मतगणना पुनः जारी गरिने जानकारी प्राप्त भएको छ ।
उक्त क्षेत्रमा विभिन्न दलका उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । रास्वपाबाट जगदीश खरेल, कांग्रेसबाट प्रेमकृष्ण महर्जन, नेकपा एमालेबाट प्रेम महर्जन, र उज्यालो नेपाल पार्टीबाट राजाराम टण्डुकार छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...