२०८३ बैशाख ५
April 18, 2026, Saturday

क्षेप्यास्त्र आक्रमणको त्रास : भूमिगत रेल स्टेशनहरू बने आश्रय स्थल

क्षेप्यास्त्र आक्रमणको त्रास : भूमिगत रेल स्टेशनहरू बने आश्रय स्थल

कोशीपारी अनलाइन
फागनु २२, काठमाण्डौं

एजेन्सी । इजरायलको तेल अभिभका बासिन्दाहरू भूमिगत रेल स्टेशनहरूमा रात विताउन वाध्य भएका छन् । यात्रुका लागि बनाइएका विश्रामस्थलहरु अस्थायी आश्रयमा परिणत गरिरहेका छन् । किनकि साइरनहरूले क्षेप्यास्त्र आक्रमणको चेतावनी दिने गरेको छ ।
तेल अभिभको सबैभन्दा ठूलो लाइट रेल स्टेशनहरू मध्ये एक, जुन सामान्यतया यात्रुहरूले भरिने गर्दथ्यो । तर अब उक्त स्थान सुरक्षा खोज्ने नागरिकहरूको लागि अस्थायी आश्रयमा परिणत भएको छ।
क्षेप्यास्त्रको त्रासका कारण स्थानीय बासिन्दाहरूले तेल अभिभको भूमिगत स्टेशनहरू प्रयोगमा ल्याएका हुन् । क्षेप्यास्त्रहरूको चेतावनीसहितको साइरन बज्दा बारम्बार आश्रयस्थलहरूमा दौडनुको सट्टा रेल स्टेशनहरू रोजाइमा परेको हो ।
इजरायली सेनाले आफ्नो वायु रक्षा प्रणालीले इरानबाट भएको क्षेप्यास्त्र आक्रमणलाई रोक्न काम गरिरहेको घोषणा गरेसँगै बिहीबार बिहान सबेरै तेल अभिभमा साइरन र ठूलो विस्फोटको आवाज सुनिएको थियो।
फेब्रुअरी २८ देखि तेहरान र अन्य धेरै इरानी शहरहरूमा अमेरिका–इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी, उनका परिवारका केही सदस्यहरू, शीर्ष सैन्य कमाण्डरहरू र सर्वसाधारणहरू मारिएका छन्।
इरानले इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सम्पत्तिहरूलाई लक्षित गरी धेरै क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू मार्फत प्रतिक्रिया दिएको थियो । (सीसीटीभीप्लस)

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन २२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन २२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन २२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP