२०८३ बैशाख ६
April 19, 2026, Sunday

छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो

छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
कोशीपारी अनलाइन संवाददाता
फागुन २१, काठमाण्डौं

छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । केही स्थानमा सामान्य विवादका घटना भए पनि अधिकांश क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।

मतदान कति प्रतिशत भयो भन्नेबारे विवरण संकलन भइरहेको निर्वाचन आयोगले जनाएको छ । केहीबेरमा पत्रकार सम्मेलन गरेर मतदानको विवरण सार्वजनिक गर्ने आयोगको तयारी छ ।

२३ र २४ भदाैमा भएको जेन–जी आन्दोलनपछि गठित नागरिक सरकारले २१ फागुन अर्थात् आजका लागि निर्वाचनको मिति घोषणा गरेको थियो । मतदानको दिन आउनु केही समयअघिसम्म पनि चुनाव हुँदैन कि भन्ने संशय कायमै थियो ।

तर देशभर शान्तिपूर्ण रूपमा मतदान गराएर सुशीला कार्की नेतृत्वको नागरिक सरकारले आफूले पाएको मुख्य जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ । मतदान सकिएसँगै अब मतपेटिका संकलनको काम सुरु हुनेछ ।

मतपेटिका संकलनपश्चात गणनाको काम सुरु हुनेछ । निर्वाचन आयोगले मतपेटिका छिट्टै संकलन हुनसक्ने स्थानमा आजै मतगणना सुरु हुने जनाएको छ । गणना सुरु भएको २४ घण्टाभित्र अधिकांश स्थानको नतिजा आइसक्ने दाबी आयोगको छ । प्रत्यक्षमा १ सय ६५ र समानुपातिकमा १ सय १० गरी २ सय ७५ सिटका लागि चुनाव भएको हो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन २१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन २१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन २१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP