२०८३ बैशाख ४
April 17, 2026, Friday

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह

कोशीपारी अनलाइन 
फागुन २०, काठमाण्डौं

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरे ।
उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई अनुरोध गर्न चाहन्छौं । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गर्न चाहन्छौं ।’
यसैगरी निर्वाचन आयोगले रास्वपाका धनुषा १ का उम्मेदवार किशोरी साहले आफ्नो यथार्थ विवरण सही नलेखेको कारणले उम्मेदवारी खारेज भएको जनाएको छ । आफ्नो भएको ब्यहोरा लुकाएर लेखेको कारणले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारी खारेज गर्नुपरेको बताए।
उनले भने, ‘उनको विरुद्ध उजुरी पर्याे, त्यसपछि हामीले विभिन्न निकायसँग सोधपुछ गर्दा उहाँ कालोसूचीमा रहेको पायौँ । त्यस्ता व्यक्तिको उम्मेदवारी कायम राख्न ऐनले दिँदैन । उजुरीउपर छानबिन गरेपछि उहाँलाई सफाइको लागि समेत समय दिएका थियौँ। उहाँले आफू कालोसूचीमा नभएको प्रमाण पेस गर्न सक्नुभएन ।’
आयुक्त भण्डारीले लोकतान्त्रिक वैद्यतालाई नवीकरण गर्ने संवैधानिक अभ्यासका रूपमा हुन लागेको निर्वाचन सहभागी भई आफ्नो अमूल्य मत प्रदान गर्न आह्वान गरे ।
यस्तै प्रतिनिधिसभाको चुनावमा मतपेटिका ढुवानी गर्दा परिवर्तन गर्न सक्ने अवस्था नरहेको आयोगले जनाएको छ । मतदान भइसकेपछि ढुवानी गर्ने बेला कुनै पनि हालतमा मतपेटिका परिवर्तन नहुने बताएका हुन् ।
उनले भने, ‘धेरैले सेनाको हेलिकप्टरबाट ढुवानी गर्दा मतपेटिका परिवर्तन हुन्छ कि भनेर सोधेका छन् । मतपेटिका कुनै पनि हालतमा परिवर्तन हुँदैन ।’
२४ घण्टाभित्र मतपरिणाम सार्वजनिक

त्यस्तै, आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक स्पष्ट पारेको छ । भण्डारीले मतदान सकिएलगत्तै मतपेटिका संकलन गरिने र गणना सुरु गरिने बताए ।

उनले भने,‘मतपेटिका प्राप्त भएर गणना सुरु गरेका २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्छौँ । साथसाथै समानुपातिकको पनि छिटै सार्वजनिक गर्छौँ ।’ आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर मतदान गर्न अपिल गरेको छ । आयोगले विभिन्न १५ जिल्लाका ६१ मतदानस्थलबाट मतपेटिका हेलिकप्टबाट संकलन गर्ने जनाएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन २०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP