२०८३ बैशाख ६
April 19, 2026, Sunday

ट्रेड युनियन कांग्रेसद्वारा मध्यपूर्वको सैन्य तनावप्रति गम्भीर चिन्ता व्यक्त

ट्रेड युनियन कांग्रेसद्वारा मध्यपूर्वको सैन्य तनावप्रति गम्भीर चिन्ता व्यक्त

कोशीपारी अनलाइन
फागुन १९, काठमाण्डौं

मध्यपूर्व तथा खाडी क्षेत्रका देशहरूमा पछिल्लो समय बढ्दो सैन्य तनाव र आक्रमणका घटनाप्रति नेपाल ट्रेड युनियन कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
संयुक्त राज्य अमेरिका र इजरायलको आक्रमणपछि उत्पन्न परिस्थितिमा जवाफी कारबाहीका क्रममा इरानले संयुक्त अरब इमिरेट्सस्थित अमेरिकी सैन्य अड्डामा फागुन १७ गते गरेको आक्रमणमा सेक्युरिटी गार्डका रूपमा कार्यरत गोरखा निवासी २९ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको दुःखद घटनाले सम्पूर्ण श्रमिक आन्दोलन स्तब्ध र मर्माहत भएको कांग्रेसले जनाएको छ ।
निर्दोष श्रमिकहरू अन्तर्राष्ट्रिय शक्ति संघर्षको प्रत्यक्ष मारमा पर्नु अत्यन्त दुःखद र अस्वीकार्य भएको उल्लेख गर्दै ट्रेड युनियन कांग्रेसले मृतक दिवस श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेको छ । साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
कांग्रेसका अनुसार नेपालमा रोजगारीको अभाव, न्यून आय, सामाजिक–आर्थिक दबाब तथा पारिवारिक जिम्मेवारीका कारण लाखौं नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् । परिवारको जीवनयापन र देशको अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यले उनीहरू जोखिमपूर्ण क्षेत्रमा समेत काम गर्न पुगेका छन् ।
तर खाडी मुलुकहरूमा बारम्बार देखिने युद्ध, राजनीतिक अस्थिरता तथा सुरक्षा अनिश्चितताका कारण नेपाली श्रमिकहरू निरन्तर त्रास र असुरक्षाबीच काम गर्न बाध्य भइरहेको अवस्था गम्भीर चिन्ताको विषय भएको कांग्रेसले जनाएको छ ।
यस सन्दर्भमा कांग्रेसले प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरूको तत्काल सुरक्षा अवस्थाको मूल्यांकन गर्न, आवश्यक परे सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न तथा स्वदेश फर्कन चाहनेलाई तत्काल फर्काउने प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।
त्यस्तै मृतक श्रमिकको पार्थिव शरीर शीघ्र नेपाल ल्याउने, परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने, संकटग्रस्त क्षेत्रमा रहेका श्रमिकहरूका लागि दूतावासमार्फत आकस्मिक सहायता उपलब्ध गराउने तथा रोजगारदाताबाट कार्यस्थलमा सुरक्षा सुनिश्चित गर्न पहल गर्न पनि जोडदार माग गरिएको छ ।
कानुनी सहयोग र मनोसामाजिक परामर्शको व्यवस्था गर्न तथा दीर्घकालीन रूपमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न द्विपक्षीय श्रम सम्झौताहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउँदै कांग्रेसले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन १९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन १९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन १९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP