कोशीपारी अनलाइन संवाददाता
फागुन १८, काठमाण्डौं
निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सवारी चाप घट्दै गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार निर्वाचन तयारीका कारण उपत्यकाबाट ठूलो संख्यामा जनशक्ति बाहिरिएकाले सवारी आवागमनमा उल्लेखनीय कमी आएको बताए ।
कोशीपारी अनलाइन सँग कुराकानी गर्दै उनले उपत्यकामा उपलब्ध सवारी साधन अधिकतम प्रयोग गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार हाल रहेको करिब ८० प्रतिशत जनशक्ति उपत्यका बाहिर खटाइएको छ ।
निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक प्रहरीहरूलाई विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशमा पठाइएको उनले बताए । उपत्यकामा जनशक्ति अभाव नहोस् र सवारी व्यवस्थापन सहज बनोस् भन्ने उद्देश्यले निर्वाचन प्रहरीलाई सडकमा खटाइएको सुवेदीले स्पष्ट पारे ।
उनले भने, ‘सवारी चाप घट्दै गइरहेको छ । हामीसँग भएको भ्याकलहरु अधिकतम प्रयोग गर्ने तयारी गरेका छौं । ८० प्रतिशत मेनपावर उपत्यका बाहिर पठाइएको छ । सहजताको लागि निर्वाचन प्रहरी सडकमा खटाएका हौं । ट्राफिक प्रहरीहरूलाई खासगरी मधेस प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेशमा पठाइएको छ ।’ निर्वाचनका कारण सर्वसाधारण बाहिरिँदा उपत्यकाभित्र सवारी चापमा कमी देखिएको प्रहरीले जनाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...