कोशीपारी अनलाइन संवाददाता
फागुन १५, काठमाण्डौं
कोशीपारी अनलाइन विशेष रिपोर्ट |
‘संकोच तोडेपछि सफलता नजिक आयो’ काठमाडौं, जोरपाटी । नारायणथानस्थित नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयको दोस्रो तलामा रहेको सानो कार्यकक्षमा बिहानैदेखि गतिविधि सुरु भइसकेको थियो। टेबलमा व्यवस्थित फाइलहरू, खुला ल्यापटप र मोबाइल स्क्रिनमा देखिने ग्राहकका सन्देशहरू—यी सबैको बीचमा व्यस्त थिइन्, सरिता तामाङ।
दोलखा जन्मघर भई हाल काठमाडौंको जोरपाटीमा बसोबास गर्दै आएकी सरिता, पछिल्लो तीन वर्षदेखि जीवन बीमा क्षेत्रमा निरन्तर सक्रिय छिन्। उनले सन् २०२७ का लागि निर्धारण गरिएको अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित MDRT (Million Dollar Round Table) लक्ष्य केवल ४५ दिनमै पूरा गरेर आफ्नो नाम स्थापित गरेकी छन्। कोशीपारी अनलाइनसँगको स्थलगत कुराकानीमा उनले आफ्नो यात्रा सम्झिँदै भनिन्, “शुरुवातमा बीमा पेशालाई धेरैले सकारात्मक रूपमा बुझ्नुहुन्नथ्यो। सामाजिक सञ्जालमा पोस्ट गर्दा आफन्त र चिनेजानेकाहरूले के भन्लान भन्ने डर लाग्थ्यो। तर, मैले आफूलाई रोकिनँ।” उनका अनुसार, सुरुवाती अस्वीकार र मौन प्रतिक्रियाले केही समय निराशा पनि दियो। तर उनले त्यसलाई सिकाइको रूपमा लिइन्।
“मैले निर्णय गरेँ—हरेक दिन कम्तीमा एउटा सन्देश वा भिडियोमार्फत मानिसहरूलाई बीमाको महत्व सम्झाउने,” उनी भन्छिन्। कार्यालय प्रमुखका अनुसार सरिता अनुशासित र लक्ष्यप्रति स्पष्ट अभिकर्ताका रूपमा परिचित छिन्। उनी नियमित रूपमा कार्यालय उपस्थित हुने, नयाँ सम्भावित ग्राहकसँग प्रत्यक्ष भेट गर्ने, र अनलाइन माध्यमबाट निरन्तर सम्पर्कमा रहने गर्छिन्। बीमा केवल व्यापार नभई सामाजिक सुरक्षा भएको उनको विश्वास छ। “मानिसहरूले भविष्यको जोखिमबारे ढिलो सोच्ने गर्छन्। तर, बीमा भनेको संकट आउनुअघि गरिने तयारी हो,” उनले स्पष्ट पारिन्। सरिताले यसअघि सन् २०२६ मा TOT (Top of the Table) लक्ष्य समेत हासिल गरिसकेकी छन्, जुन MDRT भित्रकै उच्च उपलब्धिमध्ये एक मानिन्छ। छोटो समयमै निरन्तर दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्नु उनका लागि मात्र होइन, नेपाली बीमा क्षेत्रमा सक्रिय महिलाहरूका लागि पनि प्रेरणादायी उदाहरण बनेको छ। उनका अनुसार, सफलता कुनै एक दिनको परिणाम होइन। “हरेक दिन सानो प्रयास जोडिँदै जाँदा ठूलो उपलब्धि बन्छ। हार मान्ने सोच आयो भने लक्ष्य टाढा जान्छ,” उनी भन्छिन्। जोरपाटीस्थित उनको घर नजिकैका स्थानीयहरू पनि अहिले उनलाई “बीमा सचेतना फैलाउने युवा महिला” का रूपमा चिन्छन्। सामाजिक सञ्जालमा उनले नियमित रूपमा पोस्ट गर्ने भिडियो र सन्देशहरूले धेरैलाई बीमा सम्बन्धी जानकारी लिन प्रेरित गरेको बताइन्छ। कार्यालयबाट बाहिर निस्कँदै गर्दा उनले भविष्यका योजनाबारे छोटकरीमा भनिन्—“मेरो लक्ष्य केवल व्यक्तिगत उपलब्धि होइन, धेरै मानिसलाई आर्थिक सुरक्षाको महत्व बुझाउने हो।” सरिता तामाङको यो यात्रा केवल व्यक्तिगत सफलता कथा मात्र होइन, आत्मविश्वास, निरन्तरता र डिजिटल माध्यमको सही प्रयोगले नेपाली युवाले अन्तर्राष्ट्रिय स्तरको उपलब्धि हासिल गर्न सक्छन् भन्ने सशक्त उदाहरण पनि हो।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...