२०८३ बैशाख १०
April 23, 2026, Thursday

सहिदका सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहन्छ : प्रचण्ड

सहिदका सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहन्छ : प्रचण्ड

कोशीपारी अनलाइन
माघ १६, काठमाण्डौं

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गते सहिद दिवसको अवसरमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र अधिकारका लागि जीवन अर्पण गर्ने सबै ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

सन्देशमा प्रचण्डले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको उल्लेख गर्दै सामन्ती राणा शासनविरुद्ध लखन थापा, बाँकाबीरदेखि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठसम्मको बलिदान, किसानका पक्षमा भीमदत्त पन्तको संघर्ष, पञ्चायती कालदेखि जनयुद्ध, जनआन्दोलन, मधेस, थारू लगायतका समुदायका आन्दोलन र पछिल्लो जेन–जी आन्दोलनका सहिदको बलिदानलाई स्मरण गरेका हुन् ।

उनले ती सहिदहरूको साझा उद्देश्य सामन्तवाद, उत्पीडन र विभेदको अन्त्य गर्दै लोकतन्त्र, समानता, न्याय र जनताको सुशासन स्थापना गर्नु रहेको बताए ।

प्रचण्डका अनुसार, आज नेपाल गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतासम्म आइपुगेको छ, र यो सबै सहिदहरूको अमूल्य बलिदानकै परिणाम हो।

प्रचण्डले आज पनि सहिदहरूको सपना अझै पूर्ण नभएको भन्दै सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र राष्ट्रिय स्वाधीनताको संघर्ष अझै जारी रहेको बताए ।

सहिदका अधुरा सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहने प्रचण्डको भनाइ छ ।

प्रचण्डले सबैलाई आत्मसमीक्षा गर्ने, विचलित नहुने र जनताको पक्षमा दृढतापूर्वक उभिएर संघर्षको बाटोमा अघि बढ्ने दिनको रूपमा सहिद दिवसलाई लिन आग्रह गरेका छन्। साथै, उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता गर्न सबैलाई आह्वान गरेका छन्।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ १६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ १६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ १६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP