२०८३ बैशाख १५
April 28, 2026, Tuesday

शिजोओकामा सोनाम ल्होछार २०२६ बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

शिजोओकामा सोनाम ल्होछार २०२६ बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

कोशीपारी अनलाइन
माघ १२, काठमाण्डौं

शिजोओका, जापान — नेपाल तामाङ समाज जापान शिजोओका क्षेत्रीय समितिको आयोजनामा  “मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार २०२६ बृहत् सांस्कृतिक कार्यक्रम”
हिजो शिजोओकामा भव्य, सभ्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।

तामाङ समुदायको मौलिक संस्कृति, भाषा, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा शिजोओका क्षेत्रसहित जापानका विभिन्न स्थानमा रहेका तामाङ समुदाय तथा अन्य नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित सेलो गायक, संगीतकार तथा रचनाकार विश्व दोङ र चर्चित सेलो गायिका जितु लोप्चनको विशेष सांगीतिक प्रस्तुति मुख्य आकर्षणको रूपमा प्रस्तुत भएको थियो। साथै स्थानीय कलाकारहरूको वेजोड गीत–संगीत र सांस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई थप रंगीन र स्मरणीय बनाएको थियो।

कार्यक्रम अवधिभर शिजोओकामा रहेका तामाङ समुदायका साथै अन्य ल्होछार प्रेमी नेपालीहरूले एक–अर्कामा शुभकामना आदान–प्रदान गर्दै गीत, संगीत र नृत्यमा रमाउँदै सोनाम ल्होछारलाई हर्षोल्लासका साथ मनाएका थिए। ल्होछारलाई आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानको पर्वका रूपमा मनाइएको सहभागीहरूले बताएका छन्।

उक्त कार्यक्रमलाई सफल र ऐतिहासिक बनाउन नेपाल तामाङ समाज जापान शिजोओका क्षेत्रीय समितिका अध्यक्ष विजय सागर योञ्जनज्यूको नेतृत्वमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू अहोरात्र खटिएको आयोजक समितिले जनाएको छ।

कार्यक्रमको सफलताप्रति आयोजक समितिले सम्पूर्ण कलाकार, स्वयंसेवक, सहयोगी, अतिथि तथा उपस्थित दर्शकहरूप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ। साथै आगामी दिनहरूमा पनि तामाङ समुदायको सांस्कृतिक पहिचान, एकता र सामाजिक गतिविधिलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP